Covid-19
City Express

आँपचौर सेवा समिती जापानको अध्यक्षमा पोखरेल र महासचिवमा घिमिरे चयन

गुल्मी आँँपचौर स्थायी घर भैई जापानलाई कर्मथलो बनाउदै आएका आँँपचौरबासीहरुको साझा सस्था आँँपचौर सेवा समिति जापानको छैटौं अधिबेशन एक भब्य कार्यक्रमकाबिचमा सम्पन्न भएको छ।नयाँ बर्षको अबसर पारेर गरिएको अधिबेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा समाजमा स्थापनाकालदेखिनै कृयाशिल एवम् जुझारु बेक्तित्वको परिचय बनाएका कृष्ण प्रसाद पोखरेल चयन भएका छन् भने उपाध्यक्षहरुमा महाशर्मा खरेल,बिस्णु खरेल र गणेश खरेल चयन भएका छन्।त्यसैगरी महासचिवमा सविन घिमिरे निर्वाचित भएका छन भने सचिवमा पर्शुराम खरेल,कोषाध्यक्षमा गोपाल अर्याल र सहकोषाध्यक्ष पद नेत्र अर्याल चयन भएका छन्। सदस्यहरुमा भने कृष्ण गौतम ,सन्तोष अर्याल,कमल खरेल,निर्मल अर्याल,जमुना खरेल निर्वाचित भएका छन्।स्थापनाकालदेखीनै लोककल्याणकारी र सामाजिक बिकासका कार्यक्रम अघि बढाइरहेको यस सस्थाले केवल आँपचौरबासिलाई मात्र नभैई समग्र नेपालीको हितमा कार्य गर्दै आईरहेको छ।आगामी दिनमा पनि रचनात्मक एवम् श्रीजनात्मक कार्यलाईनै प्राथमिकता दिने नबनिर्वाचित अध्यक्ष पोखरेलले नमूना नेपाललाई जानकारी दिए।उक्त कार्यक्रममा गुल्मी समाज जापानका अध्यक्ष शुधिर भण्डारीले आँपचौर सेवा समिति आफैमा जनप्रीय भैसकेको अबस्थामा थप उदारहणिय कार्यमा जोड् दिनुपर्ने बताएका थिए।कार्यक्रमा जापानका विभिन्न क्षेत्रमा बसोबास गर्दै आइरहेका आँपचौरबासी,शुभचिन्तक एवम् शुभेच्छुकहरुको सहभागीता रहेको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु