Covid-19
City Express

आइफोन प्रयोगकर्ताको गोपनियता सुरक्षामा कमजोर भएको दावी

डिजिटल ब्यारियरका संस्थापक तथा प्रमुख (सिइओ) तथा साइवर सुरक्षाबारे कलम चलाउँदै आएका ज्याक डोफम्यानले २३ जुनमा एप्पलले आइफोन १४ मा एउटा गम्भीर समस्या ठीक गरेको लेखेका थिए। समस्या डरलाग्दो थियो।केहि एपहरु गोप्य ढंगले प्रयोगकर्ताहरुको उपकरणमा क्लिपबोर्ड सम्म सजिलै पुग्न सक्थे।

नयाँ आइफोन रिलिज गरिनासाथ एपले अन्तिम पटक कपि गरेको कुनै पनि कुरा क्लिपबोडमा रिड हुँदा प्रयोगकर्ताहरुलाई सतर्क बनाउने गर्दछ। डोफभन्छन् , “यसै वर्षको सुरुमा मैले यसबारे चेतावनी दिँदा प्रयोगकर्ताहरुका लागि त्यो कुनै सैद्धानितक खतरा मात्र थिएन।

असंख्य एपले पहिले नै तिनीहरुका गोपनियताको यसरी दुरुपयोग गरिसकेका थिए। अझ चिन्ताको विषय त के हो भने सुरक्षा अनुसन्धाकर्ता तलाल हाज टोमी मिस्कले पक्रन सफल एउटा एप चीनको टिकटकको परेछ। यस विषयले धेरेको ध्यानाकषर्ण भयो”।

उनी अगाडि भन्छन् ,
“त्यतिवेला मलाई टिटकका मालिक बाइटड्यान्सले एउटा पुराना गुगल विज्ञापन एसडिके प्रयोग गर्दा यो समस्या आएको सफाइ दिएका थिए। उनको यो दावी असत्य पनि हुन सक्छ।

किनकी नयाँ क्लिपबोर्ड वार्निंग सिस्टमयुक्त विटा भर्जनको आइफोन १४ मा टिकटकले अझै पनि अजिव तरिकाले डिस्टर्व गर्ने गरेको भेटाइएको छ। टिकटकले वाचा गरे अनुरुप आफ्नो आक्रामक काम रोकेको देखिंदैन”।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु