Covid-19
City Express

आउदो सोमबारदेखि पोर्चुगलका सबै विधालय र सरकारी कार्यालय बन्द हुने

बिश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको सन्दर्भमा युरोपियन रास्ट्र पोर्चुगलमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। अहिलेसम्म संक्रमितको संख्या १३० पुगेको यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ।यहीँ बिकराल अबस्थालाई मध्यनजर गर्दै आगामी सोमबारदेखि पोर्चुगलमा रहेका सम्पुर्ण विधालय,बिश्वविधालय,सरकारी कार्यालय कम्तिमा २ हप्ताको लागि बन्द गर्नेयहाँका प्रधानमन्त्री एन्टोनिओ कोस्ताले बताएका छन्।

रास्ट्रका नाममा सम्बोधन गर्दै पूर्ण सतर्कता अपनाउन ,भिडभाडमा नजान,एकै ठाउँमा धेरै संख्यामा जम्मा नहुन पोर्चुगलबासिलाई अपिल गरेका छन् भने डिस्को र नाइट कलब पनि बन्द हुने बताएका छन् । उता सुपर मार्केट,पसल, बजार ईलाका पनि निश्चित समयसम्म मात्र खुला रहने बताइएको छ।

एसियन नागरिक मध्ये पोर्चुगलमा नेपालीहरुको संख्या पनि अधिकतम छ।अहिलेको बिकराल अबस्थामा नेपालीहरुमा पनि कतै कोरोना भाइरस संक्रमण हुने होकि भन्ने चिन्ता छाएको छ।यो खतरनाक रोगबाट सुरक्षित रहन यहाँ बसोबास गर्ने नेपालीहरुले साबधानी अपनाउनु पर्ने देखिन्छ।यहाँ प्रतिनिधित्व गर्ने नेपाली सघं -सस्थाले पनि विशेष चनाखो हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु