Covid-19
City Express

उत्पीडित जातीय समाज युरोपको महाधिवेशन पोर्तुगलको लिस्बनमा हुने ।

लिस्बन, ८ जनवरी। नेपाल उत्पीडित जातीय समाज युरोपको तेश्रो महाधिवेशन पोर्तुगलको लिस्बनमा हुने भएको छ । जनवरी १२ तारिख आइतबारका दिन महाधिवेशन हुने कुरा समाजका महासचिव तेजबहादुर नेपालीले जानकारी दिएका छन् ।
‘जातीयताकै आधारमा नेपाल र विदेशमा हुने राजनैतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक विभेद र उत्पीडनको विरुद्ध एकजुट हाऔं । उक्त विभेद र उत्पीडनको अन्त्यको लागि युरोपवासी नेपाली उत्पीडित जातिका दाजुभाई तथा दिदीबहिनीहरु एकजुट भई नयाँ कार्यदिशाको निमाणतफ उन्मुख होऔं’ भन्ने मूल नाराकासाथ समाजको अधिवेशनको उद्घाटन सत्र जिनाजिओ हल आञ्जुसमा हुने भएको छ ।
कार्यक्रम दिनको ठीक ३:०० बजेदेखि शुरु हुने बताइएको छ । महाधिवेशनबारे नेपाल उत्पीडित जातीय समाज पोर्तुगलका अध्यक्ष मनिराम नेपाली, सचिव दुर्गा विश्वकर्मा, युरोप समितिका महासचिव नेपाली र युरोप अध्यक्ष हरिशचन्द्र नेपालीसँग संपर्क राख्न सकिने छ ।
पोर्तुगल बाहिरका देशबाट सहभागी हुने प्रतिनिधि एवम पर्यवेक्षकहरुका लागि ११ र १२ जनवरी गरी दुई दिन आयोजकले खाना बस्नको व्यवस्था गरेको छ । यसका लागि अतिथिहरुले ९ जनवरीसम्म जानकारी गराइसक्नुपर्ने छ ।
युरोपभरका उत्पीडित जातिका दिदीबहिनी तथा दाजुभाइलाई सहभागिताका लागि सूचित गरिएको अध्यक्ष हरिशचन्द्रले नमस्ते नेपालीलाई बताए । उनले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भएर भव्यरुपमा सफल पार्न सहयोगका लागि पनि अपील गरेका छन् ।
साभार:- नमस्ते नेपालीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु