एउटै फोटाले लाखौंमा फैलिएको सकारात्मक सन्देश, नकरात्मकताको भ्रम छर्नेमा चिडचिडाहट

लिस्बन, पोर्तुगल । नकारात्मक, लडाइँभिडाइँ, मरेको, बिमारी, भाइरस जस्ता कुरा र समाचारले मानिसहरुको मन त्रासपूर्ण बनिरहेको बेला केही बर्षअघि पोर्तुगलका राष्ट्रपतिले सडकमा घरबार बिहिनहरुलाइ खानेकुरा बाँडिरहेको फोटो भाइरल हुँदा त्यसले नेपाली समुदायमा पनि दुई वटा सकारात्मक सन्देश गएको छ ।

पहिलो, सधैं नकारात्मकताको खेती गरेर समाजलाई दिग्भ्रमित र उत्तेजित पार्ने कुरा मात्र बिक्दो रहेनछ र नकारात्मक कुराहरूबाट मान्छे वाक्कदिक्क भएका रहेछन्, अब मान्छे सकारात्मक सन्देश चाहिरहेका छन्, खोजिरहेका छन् भन्ने बुझिन्छ ।

दोश्रो, नेपालीहरु आफ्नो राजनैतिक नेतृत्व र राज्यका ओहोदामा बस्नेहरु पनि यस्तै हुन्, जनता संगै एकाकार भएर सुखदु:खको साथी बनोस्, जनमुखी बनोस्, साधारण र इमानदार होस्, कृतिम र बनावटी नहोस्, भन्ने उत्कट चाहानालाई पनि उजागर गरेको छ, हाम्रो राजनैतिक र राज्यको नेतृत्वमा बस्नेहरुलाई पनि यसले केही सन्देश र उर्जा पक्कै दिने नै छ ।

महामहिम राष्ट्रपति खानेकुरा मात्र बाढ्दैनन, उनी कहिले कृषि फर्म पुगेर मजदुरहरुसंगै काम गरेर हौसला दिन्छन्, कहिले रेस्टुरेन्टका मजदुरहरुसंगै एकाकार भएर सुखदु:ख सोध्छन् अनि राज्यको नेतृत्व गर्ने र जनता समान हुन् भन्ने सन्देश दिन्छन् ।

सधैं नकारात्मक कुरा मात्रै गरेर बजार तताउनेहरुलाई चैं यो सकारात्मक सन्देशले चिटचिट पसिना आएको, ओठ तालु सुकेको, जलनले छटपटाएरको पनि देखिएको छ । जसबाट केही मान्छेहरु मानव सभ्यतालाई चुनौती दिई रहेको महामारीमा पनि के सोच्दा रहेछन् र कति अमानवीय र नकारात्मक रहेछन् भन्ने भेद खोलेको छ ।

विश्व भरको राजनैतिक नेतृत्वलाई सकारात्मक सन्देश दिने महामहिमको सुकर्मकालागि धेरैले धन्यवाद दिदै आभार व्यक्त गरेको विभिन्न पोस्टहरुमा आएको प्रतिक्रियाहरु देख्न र पढ्न सकिन्छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु