एकैदिन नेपालमा १४ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ३० पुग्यो

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

एकैदिन १४ जना थपिएपछि अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये एक जना भने उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संख्या ३० पुगेको पुष्टि गरेको छ । जसमा थपिएका मध्ये उदयपुर जिल्लाका १२ जना नै ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरुष र चितवनमा पनि दुई जना २७ र ६३ वर्षिय पुरुष भएको उल्लेख छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु