एनआरएनए अष्ट्रीयाका महासचिव भवानी तिवारी बर्खास्त

युरोप, १ जून । निर्वाचनकै दिनदेखि अघोषित सामूहिक द्वन्दमा रहेको एनआरएनए अष्ट्रीयाले विभिन्न विवादहरुलाई निर्णायक विन्दुमा ल्याएकोछ । हिजो मे ३१ गते आईतबार कार्यसमितिले बहुमतको बैठकद्वारा महासचिव भवानी तिवारीलाई पदबाट निष्कासन गरेको विज्ञप्ती सार्वजनिक गरेको छ । 

हिजोको बैठकमा आईसीसी सदस्य लगायत ११ जनाको कार्यसमिति उपस्थिति रहेको थियो भने, हिजो महासचिवको स्पष्टिकरण दिने अन्तिम मौकापनि थियो तर महासचिव पक्षको वैठकमा उपस्थिति थिएन । अन्य दुई अनुपस्थित कार्यसमितिको पनि यस विज्ञप्तिमा समर्थन रहेको अध्यक्षले बताएकाछन् ।

स्मरण रहोस् गएको ९ जनवरीमा महासचिवले अध्यक्षलाई बर्खास्त गरेको विज्ञप्ती निकालेपछि एनआरएनए अष्ट्रीयाको समस्या केन्द्रमा समेत विवादित बन्न पुगेको थियो । 

महासचिवले एनआरएनए अष्ट्रीयालाई सिथिल बनाउन आफ्नो प्यानल बनाएर अलग्गिएको देखिदेखि आईसीसी तहबाट पटक पटक मिलेर कामगर्नु बाहेक केहि भन्न र गर्न सकेको छैन । 

विज्ञप्तीको अन्तिम अनूच्छेदमा लेखिएको छ ” यस निर्णयलाई अटेरगरी अझै अक्रामक गतिविधि संचालन गरिएको जानकारी आएमा, पाइएमा र संस्थाको संपत्ति आजको मितिले एकहप्ता अर्था जुन ७, २०२० सम्म फिर्ता नगरिए श्रीमती भवानी तिवारी विरुद्ध अष्ट्रीयाको प्रचलित कानूनको सहारा लिन एनआरएनए अष्ट्रीया वाध्य हुनेछ”

विज्ञप्तीपछि एनआरएनएका अध्यक्षलाई संपर्कगर्दा संस्थालाई राजनीतिक व्यक्तिहरुबाट अनावस्यक दवाव आएपछि कसैको पनि कुरा नसुनि कार्यसमितिले निर्णायक कदम लिन वाध्यभएको बताए । 

” संस्था विरुद्ध गैरकानूनी क्रियाकलाप गर्ने र गर्न उत्प्रेरित गराउन सहयोग गर्ने जोकोहि भएपनि कसैलाई नछोड्ने र आवस्यकपरे कानूनी दायरामा ल्याउने जनाएकाछन्, कुनैपनि राजनैतिक दवाव र षड्यन्त्रबाट अब एनआरएनए अष्ट्रीयालाई अलग राख्न नै यो निर्णय कार्यसमितिले सोचेर गरिएको निर्णय हो” अध्यक्षले बताएका छन् । 

रिक्त रहेको महासचिवको कार्यभार एनआरएनए अष्ट्रीयाका साधारण सदस्य श्री कृष्ण ढकाललाई दिएको पनि विज्ञप्तिले जनाएकोछ ।

महासचिवका गलत कृयाकलापलाई जोगाउन राजनैतिक दवावमा रहेर गरेका कृयाकलापबाट एनआरएनए अष्ट्रीयाका अध्यक्ष, आईसीसी सदस्य लगायत अन्य कार्यसमितिका सदस्यहरु रुष्ट रहेको जानकारी आएको छ ।

“मैले गल्ति गरेकोछु भने म कुनैपनि कार्वाहीको भागेदारी हुन तयारछु, तर राजनैतिक आडमा कसैको गल्ति छोप्न र गलतलाई साथदिन्छ भने जोकोहि भएपनि कानूनी दायरामा ल्याउनेछु” अष्ट्रीयाका एनआरएनए अध्यक्षले यसो भन्दैगर्दा धेरै कानूनी दायरामा तानिनेत होईन भन्ने प्रश्न पनि उठेकोछ । 

छापामार शैलीमा वेभसाईड खोलेर झुटा नाम र  अन्धाधुन्द समाचार लेख्ने एउटा वेभसाईड पनि अष्ट्रीयाको एनसीसी र अध्यक्ष कुमार पन्तलाई नै टार्गेटगरी समाचारहरु लेख्ने गरेका कारण यि सबै समूहहरुको उदेश्य प्रष्ट छ । 

यहि वेभसाइडमा लगातार एनआरएनए अष्ट्रीयामा भ्रष्ट्राचार भएको भन्दै समाचार आएपछि एनआरएनए अष्ट्रीयाका कोषाध्यक्षले सहन नसकेर राजिनामा दिएका थिए । निर्दोष व्यक्तिलाइ समेत पटक पटक फरक फरक नामबाट झुठा समाचार आएपछि विवादमा बसेर कामछैन भन्दै कोषाध्यक्षले राजिनामा दिएको बताएका थिए ।

एनआरएन विघटन गराउन तल्लिन गलत समूहको निर्देशनमा चलेको वेभसाइड हो भन्ने बुझिएको छ जसले एनआरएनएलाई किचलो गराईरहने उदेश्य रहेको बुझिएको छ । त्यस वेभसाइडमा पनि यूरोप संयोजकको हात नहोला भन्न सकिन्नँ । यस्ता वेभसाईडलाई तुरुन्तै निगरानीराखेर कानूनी दायरामा ल्याउन पर्ने देखिन्छ ।

शुद्धिकरणमा वाधापुर्याउने प्रमुख उदेश्यका साथ यसरी अनुहार लुकाएर कलम चलाउनेहरुलाई बाहिर ल्याउनुपर्दछ । 

एनआरएनए अष्ट्रीयामा किचलो भएदेखि नै एकपक्षिय रुपमा हस्तक्षेप गर्दै गरेका कृयाकलापलाई पनि छिट्टै नै अन्तर्राष्ट्रीय समन्वय समितिको अनुशासन समितिमा अनुसन्धानको लागि अनुरोध गर्ने अष्ट्रीयाका अध्यक्षले बताएकाछन् । 

अष्ट्रीयाको विषयलाई माल्टाको विषयसंग तुलना गरेर बार्गेनिङ्ग गरेको खवर आईसीसीकै एक अन्य सदस्यले सत्य भएको पुष्टि गरेका छन् । त्यसकारण अष्ट्रीयाको समस्याकै माध्यमबाट मानव तस्करको जालो फोड्न पनि साथ मिल्ने देखिएकोछ ।

हुनसक्छ माल्टाको समर्थन गर्नुमा कुनै ठूलै माछाको दवाव पनि होला तर पोखरीको बीचमा नै भ्वाङ्ग पर्यो भने समस्याले सानो र ठूलो माछा भन्दैन । त्यसैले अष्ट्रीयासंग माल्टा बार्गेनिङ्ग गरेर गल्ति भयो कि भएन त्यो समयले देखाउनेछ ।

अष्ट्रीयाको समस्या आन्तरिक समस्या थियो तर त्यसलाई मानव तस्करका समस्यासंग संवन्धित माल्टासित तुलनागरेर ”कि माल्टा पनि राख्ने, कि अष्ट्रीया पनि फाल्ने” भनेर बार्गेनिङ्ग गर्नुको पछाडि केछ ? जो कसैले पनि सजिलै बुझ्न सकिने कुरा हो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु