Covid-19
City Express

एनआरएनए आसिसीद्वारा पहिलो र दोश्रो चरणमा ९ देशलाई सहयोग निकासा, पोर्तुगललाई ५ हजार डलर

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित पाँच मुलुकका नेपाली समुदायलाई सहयोग गर्ने भएको छ । दोस्रो चरण अन्तर्गत एनआरएनएले राहत कोषमा जम्मा भएको रकमबाट सहयोग स्वरुपम ५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई रकम पठाई सहयोग गर्ने निर्णय गरेको हो ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार दोश्रो चरणमा ५ वटा एनसीसीहरु समेटिएका छन्। अन्य कोरोना प्रभावित क्षेत्रमा क्रमश सहयोग गर्दै जाने नीति एनआरएनएले लिएको छ । दोसो चरणमा सहयोग पाँउने एनसीसीहरुमा बहराईन $५०००, स्पेन $५०००, पोर्चुगल $५०००, ईटाली $४०००, माल्टा $३००० छन । एनआरएनएले अमेरिकी डलरमा रकम पठाएको छ ।

यसअघि पहिलो चरणमा सहयोग प्रदान गरिएका एनसीसीहरु कुवेत, $५०००, युएई $५०००, सउदी अरब $५०००, साईप्रस $३०००, गरी जम्मा $४०००० थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु