Covid-19
City Express

एनआरएनए पोर्चुगलको आर्थिक प्रतिवेदन सार्वजनिक, सबै हरहिसाब पारदर्शी छ: कोषाध्यक्ष

लिस्बन, पोर्तुगल । एनआरएनए पोर्तुगलले आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक हरहिसाब अत्यन्त पारदर्शी ढङ्गले राखिएको प्रतिवेदन सार्वजनिक गर्दै कोषाध्यक्ष बिक्रम जंग कुँवरले बताएका छन् ।

आर्थिक हरहिसाब अत्यन्त संवेदशील विषय भएको हुँदा संघको हिसाब किताबलाई संस्थागत रूपमा व्यबस्थित गरेर राखिएको र यसमा कतैबाट प्रश्न उठ्ने ठाउँ नरहेको स्पष्ट पारिएको छ ।

हेर्नूहोस् सार्वजनिक प्रतिवेदन जस्ताको तस्तै:

आदरणीय पोर्चुगलबासी नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु,

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्चुगलको कोषका बिषयमा बिभिन्न माध्यम बाट चासो र चिन्ता ब्यक्त भएकाले सोही बिषयमा केही प्रष्ट पार्न चाहन्छौं। सामाजिक संघ संस्थाको हरहिसाब चुस्त दुरुस्त राख्नु र सरोकारवालाहरुलाई नियमित अवगत गराउनु हाम्रो दायित्व सम्झेका छौं ।

२०१७-२०१९ को कार्यसमिति बाट प्राप्त रकम : ३२०३६,४० युरो

(१९-२१ को कार्य समिति घोषणा सभामा निवर्तमान अध्यक्षज्युले जानकारी गराउनु भएको रकममा निर्वाचन र अधिवेशनका खर्च समावेश गरिएको थिएन।)

पुरानो कार्यसमितिबाट बिभिन्न ब्यक्ति वा संस्थाको प्राप्त हुन बाँकी (बक्यौता) रकम : १३२० युरो

सदस्यता शुल्क वापत केन्द्रलाई पठाएको रकम :
९८७२,५५ युरो

उपरोक्त हिसाब मिलान पश्चात संघसंग रहेको बाँकी रकम २०८४३.८५ युरो यस रकममा नयाँ कार्य समितिले कार्यभार सम्हाले पश्चातका आम्दानी खर्च सम्पुर्ण विवरण साधारण सभामा प्रस्तुत गरिने सम्बन्धित सबैमा जानकारी गराउदछौं ।
धन्यवाद ।

बिक्रम जंग कुँवर,
कोषाध्यक्ष

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,पोर्चुगल

नोट :- (२०१७-२०१९) कार्यसमितिको तर्फबाट बुझाएको हिसाबको ब्यालेन्स सिट यसै मार्फत पेस गरेका छौं । धन्यवाद !

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु