एनआरएनए पोर्चुगलले आपतकालीन राहत वितरण गर्ने ! हेर्नूहोस् विज्ञप्ति जस्ताको तस्तै:

एनआरएनए पोर्चुगलको आपतक़ालीन सहयोग वितरण जानकारी सम्बन्धमा प्रेस विज्ञप्ति

पोर्चुगलवासी संपूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक नमस्कार !

कोरना भाइरस ( COVID-19) को प्रकोपका कारण यतिखेर विश्व कै जनजीवन आक्रान्त बनेको छ । पोर्चुगल सरकारले आफ्ना देशमा भएका नागरिकलाई यस संक्रमणबाट सुरक्षित राख्न र यस महामारीलाई नियन्त्रण गर्न आपतकालीन स्थितिको घोषणा गरी अनेकौं उपाय र योजनाहरु अघि सारेको छ । पोर्चुगलमा संक्रमणको महामारी र प्रकोप दिनहुँ तीब्र रूपमा बढ्दै गएकोले सरकारले केही दिन भित्रै कोरना विरुद्ध जुध्न अझ कडा कदम उठाउने तयारी गरेको देखिन्छ ।

अधिकांस रोजगारदाता कम्पनी र उद्योग- व्यवसायहरु बन्द भएका कारण मानिसहरुको अहिले रोजगारी नभएको र संक्रमणबाट बच्न घरमा नै बस्नु पर्ने अवस्था छ । । सरकारले पनि नागरिकलाई स्वयं स्व-स्थानमा व्यवस्थापन गरी अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आव्हान गरेको छ।

यस परिस्थितिमा मानिसहरुका लागि दैनिक उपभोग्य वस्तु तथा सेवाको नियमित आपुर्ति गर्ने मुख्य र ठूला व्यापारीक केन्द्र ,औषधालयहरु, वित्तीय संस्थाहरु आदि सरकारी सुरक्षाको नियमन र निगरानी रहेका छन् । स्वभाविक रुपमा भर्खरै पोर्चुगल आइपुग्नु भएका नेपालीहरुलाई यस संकटले निक्कै ठूलो मार र समस्या पर्ने देखिन्छ ।

यही विषम परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले फ्रान्सस्थित नेपाली दूतावास र लिस्बनस्थित अवैतनिक बाणिज्यदूतको कार्यालयसंग नियमित सम्पर्क र समन्वय गरी पोर्चुगलको नेपाली समुदायको स्थितिका बारेमा जानकारी गराउने र गम्भीर समस्यामा परेका मानिसहरुलाई आवश्यक सहयोग पुर्याउन निश्चित मापदण्ड र सर्तहरु सहित खाद्य सहयोग र राहत वितरण कार्यक्रमको तयारी गरेको छ ।

राहत सहयोग कार्यक्रममा निम्न खाद्य वस्तुहरुलाई समावेश गरिएको छ:

१) चामल
२) दाल
३) नुन
४) तेल
५) चिनी

साथै भाइरसको संक्रमणबाट बच्न आवश्यक पर्ने अल्कोहल, माक्स लगायतका अत्यावश्यक बस्तुहरुका लागि पनि पोर्चुगल रेडक्रस सोसाइटी लगायतका परोपकारी सस्थाहरुसंग समन्वय र पहल भइरहेकोले ती सामाग्री उपलब्ध हुन सकेमा वितरण गरिनेछ ।

खाद्य सहयोग प्राप्त गर्न मापदण्ड तथा सर्तहरु :

  • भर्खरै पोर्चुगल आउनुभएका, कोही ख्याल गर्ने आफन्त या रोजगारी नभएको अवस्था हुनु पर्नेछ ।
  • आफ्नो आगमन प्रवेशाज्ञाको मिति सहितको प्रमाण संस्थामा उपलब्ध गराउनु पर्नेछ।

-यस बाहेक अन्य नेपालीलाई पनि एकदमै गाह्रो छ भने सहयोगको वास्तविक आवश्यकताको पहिचान गरी उल्लेखित राहत सहयोग उपलब्ध गराइने छ ।

-राहत सहयोग लिनकालागि परिचयपत्रको फोटोकपी सहित तोकिएको स्थानमा आउनु पर्नेछ ।

राहत सहयोग वितरण हुने स्थान :
एनआरएनए पोर्चुगलको कार्यालय
Rua Forno Do Tijilo No:..
मिति : २९ मार्च २०२० बाट वितरण शुरु गरिनेछ ।

आफू बचौं, अरुलाई पनि बचाऔं ।

सहयोगी हातहरु अगाडि बढाऔं ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगल ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु