Covid-19
City Express

एनआरएनए पोर्चुगलले थापा र धिताललाई गतिविधिमा मौन बस्न दिइएको अवधि समाप्त

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलले कार्यसमितिका दुईजना पदाधिकारलाई संघको गतिविधिमा एक महिना मौन रहन दिएको निर्णय र निर्देशन समाप्त भएको जनाएको छ । बिहीबार बसेको संघको अनलाइन बैठकले बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र कार्यसमिति सदस्य सबिन धिताललाई लगाइएको एक महिने मौन अवधि फुकुवा गरेको हो ।

संघका बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र कार्यसमिति सदस्य सबिन धितालबीच बैठकमा उत्पन्न असमझदारी एवं भनाभनपछिको घटना र परिस्थितीका बारेमा एनआरएनए पोर्चुगलले आज शनिबार एक विज्ञप्ति प्रकाशित गरी अबदेखि जो कसैले संघको मर्यादा र गरिमा ख्याल गर्दै संघको नीतिसंग मेल नखाने क्रियाकलाप नगर्न, संयमता अपनाउन, कमजोरी सच्याउन सचेत गराएको छ । यस्तै सम्बधित व्यक्तिहरुले गहनरूपमा मनन गरी अबदेखि गल्ती कमजोरी हुन नदिने प्रतिवद्दता गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

‘बैठकले बहुमतबाट दुवै जनालाई संघको सबै गतिविधिमा पूर्णरूपमा सहभागी र सक्रिय हुन सक्ने निर्णय गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । संघले घटनाबारे छानविन गर्न एनआरएनए पोर्चुगलका आइसिसी सदस्य तथा पूर्व अध्यक्षहरुलाई जिम्मा दिएको थियो । तर उनीहरुले कार्यसमिति भित्रको समस्या भित्रै टुङ्याउन सुझाव र सल्लाह दिए बमोजिम संघले निर्णय लिएको अध्यक्ष गैरेले बताए ।

संघका बरिष्ठ उपाध्यक्ष थापाले संघलाई एक्यवद्धता बनाएर आफूहरु सबै एकसाथ अघि बढ्ने विश्वास व्यक्त गरे । उनले समितिले गरेको जस्तोसुकै निर्णय मान्न र विपदको बेला एक भएर पोर्चुगलको नेपाली समुदायलाई सहयोग पुर्याउदै अघि बढ्न आफूहरुले तयारी गरेको जानकारी दिए ।

हेर्नुहोस् संघ वक्तव्य :

संघले आइतबारदेखि राहत वितरण गर्ने
तयारी पूरा: संयोजक कुँवर

संघले आइतबार अर्थात मार्च २९ तारिखका दिनदेखि आपतकालीन राहत वितरण गर्ने जनाएको छ । नव आगान्तुक एवं समस्यामा परेका अन्य नेपालीका लागि संघले यस्तो सहयोग वितरण गर्न लागेको हो । सहयोग समितिका संयोजक विक्रमजंग कुंवरका अनुसार आइतबार दिउँसो २ देखि साँझ ६ बजेसम्म राहत वितरण कार्यक्रम रहेको छ । यसकोलागि तयारी पूरा भएको उनले जनाए । राहत संघको कार्यालयबाट वितरण हुने बताइएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु