Covid-19
City Express

एनआरएनए पोर्तुगलले आजदेखि माक्स बाड्ने, आगामी दिनकालागि नयाँ योजना ल्याउने

लिस्बन, पोर्तुगल,२७ मे। कोरोना भाइरस सक्रमणको अवस्थालाई मध्यानजर गर्दै एनआरएनए पोर्तुगलले ठूलो मात्रामा पोर्तुगलका नेपालीहरुलाइ आजदेेेखि माक्स बाड्ने तयारी गरेको छ । पोर्तुगल सरकारले घर बाहिर निस्कदा अनिवार्य रूपमा माक्स लगाउनु पर्ने मापदण्ड बनाएपछि माक्स आवश्यक पर्ने सबैकालागि एनआरएनएले यस्तो योजना ल्याएको हो ।

एनआरएनएले कोरोना र अन्य विविध समस्याबाट प्रभावित पोर्तुगलका नेपालीहरुलाई लक्षित गरेर सहायता र सहयोगका विभिन्न नयाँ योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष तिलक गैरेले जानकारी दिए । “आज कार्यसमितिको अनलाइन बैठक छ, केही नयाँ योजनाका साथ अगाडि आउछौं । एनआरएनए प्रवासका नेपालीहरुको जिम्मेवार निकाय हो, यसले आफ्ना कामहरु स्वतन्त्र र प्रभावकारी ढंगले संचालन गर्छ” गैरेले भने ।

हेर्नूहोस् माक्स वितरण सम्बन्धी सूचना जस्ताको तस्तै :

विशेष जानकारी र सूचना !!

कोरोना भाइरसको महामारी सकिएको छैन, कहिले सकिने हो, कहिले औषधी वा भ्याक्सिन आउने हो अनिश्चित छ, त्यसकारण भाइरसको प्रभाव अझै लामो समयसम्म देखिन निश्चित जस्तै छ । पोर्चुगल सरकार र विश्व स्वास्थ संगठनको मापदण्ड बमोजिम अहिले पनि कोरोनाबाट बच्ने मुख्य उपाय भनेको सामाजिक दुरी कायम गर्नु, निरन्तर हात धुनु र अन्य सरसफाइमा ध्यान दिनु, घर बाहिर निस्कदा अनिवार्य रूपमा माक्स लगाउनु, सेनिटाइजरहरुको प्रयोग गर्नु र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु नै हो । त्यसकारण पोर्चुगलका नेपाली दिदीबहिनी दाजुभाइहरुमा पनि माथि उल्लेखित नियमहरुलाइ पूर्णरूपमा पालन गरेर भाइरसबाट आफु बच्न र अरुलाइ पनि बचाउन एनआरएनए पोर्चुगल हार्दिक आग्रह गर्दछ ।

अनिश्चयको बीचमा पनि अब दैन्दिनको काममा फर्कनु पर्ने र घर बाहिर निस्कनु पर्ने बाध्यता रहेको कुरालाई मध्यनजर गर्दै पोर्चुगलको नेपाली समुदायकालागि एनआरएनए पोर्चुगलले माक्स वितरण गर्ने तय गरेको हुँदा क्रियाशील संघ-संस्थाका प्रतिनिधि तथा आवश्यक भएका अन्य महानुभावहरुले एनआरएनए कार्यालयबाट निम्न मिति र समयमा माक्स प्राप्त गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।

मिति : २७ मे २०२० देखि..
समय : दिनको २ बजेदेखि ५ बजेसम्म
स्थान: एनआरएनए कार्यालय लिस्बन, पोर्चुगल ।

गैरआवासीय नेपाली संघ पोर्चुगल ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु