Covid-19
City Express

एपीवान टिभी र 24न्यूज प्रेसको एनआरएनए अवार्डद्वारा पोर्तुगल अध्यक्ष तिलक गैरे सम्मानित

कमल थापा,काठमाडौबाट । 24 न्यूज प्रेसले आफ्नो दोस्रोबार्षिक उत्सवको अवसरमा एपीवान टिभी र 24न्यूज प्रेसको एनआरएनए -२०२० अन्तर्राष्ट्रिय अवार्डद्वारा एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे सम्मानित भएका छन् ।

एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, AP1 टेलिभिजनका प्रस्तोता मोहराज शर्मा र 24 न्युज प्रेसका संचालक विनय अधिकारीले संयुक्तरुपमा गैरेलाइ प्रशंसा पत्र सहित सम्मानित गरेका हुन् ।

गैरेले एनआरएनए पोर्तुगलको अध्यक्षको नाताले गैर आवासीय नेपालीहरुको लागि पुर्याएको सहयोग,गरेको अगुवाई र सामाजिक कार्यमा खेलेको भुमिकाकालागि सम्मानित गरिएको 24 न्युज प्रेसका संचालक विनय अधिकारीले बताए ।

जुम एपको प्रयोग गरि आयोजना गरिएको कार्यक्रममा विदेशमा कोभिड प्रभावीत नेपालीको अवस्था र एनआरएनएले खेलेको भूमिका, कोभिडले नेपाली श्रमिकलाई पारेको प्रभाव र रोजगारीको , स्वदेश फिर्तिको सवाल र नेपाल सरकारले चाल्नुपर्ने कदमहरु बिषयमा भएको अन्तरक्रिया समेत भएको थियो ।

एनआरएनए अध्यक्ष कुमार पन्त कार्यक्रमको प्रमूख अतिथि रहेको सो कार्यक्रममा पंतले विश्वमा कोरोना भाईरस कोभिड-१९ बाट थला परिरहेको बेला विदेशमा रहेर समस्यामा परेका हरेक नेपालीहरुको समस्यालाई समाधान गर्न राहत देखि उद्धारसम्मका कार्यक्रम भइरहेको जानकारी दिए। कोरोनासँग लड्न सम्पूर्ण तह र तप्काबाट लाग्नु पर्नेमा जोड दिदै अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारसंग एनआरएनएले समन्वय गरि पहल गरिरहेको जानकारी समेत पन्तले दिएका थिए।

एनसिसी मध्येका एक दर्जन व्यक्तिहरुलाई सर्वोत्कृष्ट काम गरे वापत २४ न्यूज प्रेस डटकमको तर्फवाट अवार्ड समेत दिइएको थियो। भिडियो कन्फेरेन्स मार्फत गरीएको कार्यक्रममा प्रवासमा रहेका नेपालीको अवस्था,संघसंस्थाले खेलेको भूमिका, एनआरएनएले गरिरहेको गतिविधी तथा आगामी कार्ययोजना लगायत विषय वस्तुमा केन्द्रित थियो।

विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, एनआरएनए उपाध्यक्ष मन केसी,एनअरएनए अमेरिका पूर्वअध्यक्ष डा. केशव पौडल,एनआरएन आईसीसी मानार्थ सदस्य अभिमन्यु बस्नेत,एनआरएनए क्यानडा अध्यक्ष चिरञ्जीवी घिमिरे,एनआएनए आईसिसी सदस्य चिन्ता मणि सापकोटा,एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे,संयोजक मध्यपूर्व प्रविण गुरुङ कतार,एनआरएनएका अभियन्ताहरु
डा. केवश पौडेल ( एनआरएनए अमेरिकाको पूर्व अध्यक्ष तथा चिकित्सक, चिरञ्जीवी घिमिरे (एनआरएनए क्यानडाको अध्यक्ष ),चिन्तामणी सापकोटा (स्पेन, एनआरएनए आइसिसी सदस्य ), तिलक गैरे (एनआरएनए पोर्चुगल अध्यक्ष), प्रवीण गुरुगं (कतार, एनआरएनए मध्यपूर्व संयोजक ),मनोज गोर्खाली (यूएई, एनआरएनए मध्यपूर्व सहसंयोजक ), सुरज डुम्रे (एनआरएनए केन्या अध्यक्ष ),पारसमणी पोखरेल( जापान, एनआरएनए एसिया क्षेत्रीय सहसंयोजक ), खगेन्द्र न्यौपाने ( मलेसिया, एनआरएनए एसिया क्षेत्रीय सहसंयोजक ) ,यदु लामिछाने, उपाध्यक्ष कोरिया लगायतको सहभागिता थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु