कालापानीको १ नम्बर पिलरमा सशस्त्र प्रहरीको टोली पुग्यो

बहुचर्चित कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको एक गस्ती टोली पुगेको छ।कालापानी क्षेत्रमा रहेको १ नम्बर पिलरमा गस्ती टोली पुगेको हो। सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीकै क्रममा त्यहाँ पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोली त्यहाँ पुगेको थिएन।

केहीदिन पहिले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापा छाङरु भ्रमणमा निस्किएका थिए। भ्रमण लगतै सशस्त्र प्रहरी बलको टोली त्यहाँ पुगेको हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाइएको छ।

नेपाल सरकारले गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरे देखि नै सीमा क्षेत्रमा गस्तीलाई निरन्तरता दिएको छ। सिमामा सुरक्षा बल तैनाथ गरेसँगै भारतलाई केही न केही दबाब पर्ने आकलन गरिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु