Covid-19
City Express

कोरोनाले समस्यामा परेकाका लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

कोरोना भाइरस (कोभिड १९) बाट पिडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा मात्र ३० लाख रुपैयाँ संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साता भित्र सो रकम संकलन भएको समितिका सदस्य सचिव रामशरण सिमखडाले जानकारी दिए ।

सिमखडाका अनुसार आइतवार साँझ सम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको हो । ‘यो शुरुआत हो भर्खर काम शुरु गरेका छौं सहयोग आउनेक्रम जारीनै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ सिमखडाले नेपालब्रिटेन डट कमसंग भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

यसै बीच कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन तीन हजार डलर छुट्टाएको छ।

पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु