Covid-19
City Express

गणतन्त्रको नाममा लुटतन्त्र हावी हुँदा..

राजनितीक अस्थिरता र स्वार्थनिहित दाउपेचले नेपाल थप संंकटमा

सुन्दर देश नेपाल

प्राकृतिक रुपमा सुन्दर देश नेपाल जुन देश बाहिरी रुपमा नियाल्दा आनन्दको अनुपम स्वर्ग छ।हरिया वन -जंगल,हिमालको तिरबाट झरेका ति झरनाका बिम्बहरु,शुसेलिको आबाजमा बगेका नदि र खोलाहरु,देख्दै डुंगामा पहेली खेलौ जस्तो लाग्ने ताल -तलैयाहरु।अनि विभिन्न जातजातिका फरक संस्कृती र परम्परामा जोडिएका वृत्तचित्रहरु।

माथी उल्लेखित बिषयहरु जोडिरहँदाखेरी स्वर्गको देश नेपाल भनेर गर्व गर्न नेपालिहरुले कति पनि धक मान्नु पर्ने थिएन होला!तर देशले कोल्टे फेरेको छ।कोल्टे फेरेको छ भन्दै गर्दा के बिषयमा कोल्टे फेर्यो भन्ने जिज्ञासा् पक्कै उठ्छ ! कोल्टे त फेर्यो र सर्पले काँचुली फेरेकै स्वरूपमा काँचुली पनि फेर्यो।थोरै सकारात्मक परिवर्तन र धेरै नकारात्मक चिन्तन सहितको बागडोरमा काँचुली फेर्यो।

२००७ सालदेखि नेपालमा धेरै क्रान्तिका ज्वारभाटाहरु उठे तर आमजनताको नियतीमा परिवर्तन भएन।देशमा ब्यबस्था परिवर्तन भयो तर जनताको घर-ब्यबस्था परिवर्तन भएन,शासन -सत्ता परिवर्तन भयो तर जनताको शासन चलेन,क्रान्तिमा जनतालाई बोलिको बोको बनाइयो तर जनताको स्वरुप परिवर्तन भएन।

राज्य ब्यबस्था परिवर्तन गरियो तर तिनै नेताको बानी परिवर्तन भएन।राजाले देशमा एकतन्त्रीय शासन लाँदे भनेर सडकमा जनता उतारियो।२०६२-६३ को जनआन्दोलनमा जनताको व्यापक सहभागिताका कारण राजाले जनतासामु घुडाँ टेकेर शासन-सत्ता सुम्पे।राजालाई बिदाई गर्दै जनताको गणतन्त्र नामाकरण गरेर लोकतान्त्रिक गणतन्त्रात्मक देश भनेर घोषणा गरियो।

गणतन्त्र कसलाई आयो त?

गरिब ,निमुखा,शिक्षाबिहिन र बेरोजगार जो हातमा डिग्री पासको सर्टिफिकेट च्यापेर धाउँदा पनि जागिर पाउन सकेका छैनन्। जनतालाई जनताकै शासन चल्ने गणतन्त्र आएको भए आज हजारौं युवा बिदेशिन बाध्य हुनु पर्ने पक्कै थिएन।अझै पनि रोल्पा ,डोल्पा,रुकुम लगायत कैयौं पिछडिएका जिल्लाहरुमा त्यहाँका जनताले अस्पतालको अभावमा अकालमा ज्यान गुमाउनु परेको दर्दनाक कथाहरु हामीमाझ छन्।

एउटा पार्टीको नेतालाई पेट दुखेको नाममा राज्यकै ढुकुटीको दोहन गरेर बिदेशका महँगा अस्पतालमा उपचारका लागि पुर्याइन्छ। तर दुरदराजकी एउटा गर्भवती महिला अस्पतालको अभावमा प्रशव पीडा खेपेर ज्यान गुमाउन बाध्य छिन्।कस्तो बिडम्बनाको देश जहाँ गरिबले सधै पीडा सहनुपर्ने!

तर तिनै जनताको अभिमतद्वारा निर्वाचित राजनितीक दलका नेताहरु राजाको भेषमा सुख-सयलमा रमाउने! यहीँ गलत परिपाटीले जनताहरु पिरोलिएका छन्। आज राजतन्त्र त अन्त्य भयो तर बडाराजाहरुको उत्पत्ति हुँदा जनताको सपना साकार हुने कुनै लक्षण देखिएको छैन।यहाँ जनताको शासन हैन स्वार्थनिहित नेताको शासनले धमिलो पानीमा माछा मार्ने मात्र काम भएको छ।गणतन्त्रको नाममा लुटतन्त्र हावी भएको छ।

अस्थिरता

देशमा स्थायीत्व कायम नहुनु अर्को प्रमुख समस्या हो।राजनीतिक दलबिचको आपसी मनमुटाव र असमझदारीले अस्थिरताको खाडल रोपेको देखिन्छ।नेपालमा अहिलेसम्म धेरै चुनावहरु भए तर चुनावबाट पाएको अभिमतको कदर भएन। नजिकैको इतिहासलाई केलाउदा २०५१ सालमा मध्यावधि चुनाव भयो।उक्त चुनावमा नेकपा एमाले पार्टी ठूलो पार्टीको रुपमा उदायो। सो पार्टीले शासन सत्ता समाल्यो तर त्यो सरकार पनि ९ महिनाभन्दा टिक्न सकेन।

२०५६ सालमा संसदिय चुनाव भयो।उक्त चुनावमा काङ्ग्रेस पार्टी अत्याधिक जनमत पाएर ठूलो पार्टी बन्यो भने नेकपा एमाले ७३ स्थानका साथ विपक्षी दलमा सिमित हुन पुग्यो।तर त्यहाँ पनि गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकार आपसी कलहका कारण ३ बर्ष भन्दा बढी टिक्न सकेन।त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए भने उनले पनि अपेक्षाकृत काम गर्न सकेनन्।

जसको कारण उनको सरकार पनि अलपत्र पर्यो।लोकेन्द्र बहादुर चन्द,सुर्य बहादुर थापा र पुनः शेरबहादुर देउवा प्रधानमन्त्री भए। सबैको एक-डेढ बर्षमै सरकार ढले भने स्थिरताको स्थान कतै भएन।एउटा सरकारले अध्ययन -अनुसन्धान गरेर बिकासका लागि भनेर योजना बनाउछ तर कार्यान्वयन हुन नपाउदै सरकार फेरबदल हुन्छ।

अहिले पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको नेकपा पार्टीले झन्डै दुई तिहाइ मत पाएर सरकार चलाइरहँदा हरेक पटक विवादास्पद निर्णय गरेका कारण झन्डै उनको नेतृत्व पनि सत्ताबाट बिमुख हुने अवस्थामा पुगेको छ।उनी ५ बर्ष टिकेनन् भने पनि आशर्य मान्नु पर्ने अवस्था देखिदैन।

स्वार्थनिहित दाउपेेेच

नेपालमा सबैभन्दा खतरनाक र डरलाग्दो खेल भनेकै स्वार्थनिहित दाउपेचनै हो।एक-अर्काका स्वार्थहरु बाजिनु, नियतहरु फरक रंगबाट स्खलित हुनु ,अहंकार र दम्भ पेचिलो रुपमा देखा पर्नुले समझदारी र सहकार्य केवल नाममा मात्र सिमित भएको देखिन्छ।कुनै पार्टी वा कुनै वेक्तिको नेतृत्वमा भएको सरकारले असल कामको सुरुवात गरेको खण्डमा असफल पार्न अर्को समुह वा पार्टी सक्रिय हुन्छ।

बिकासका कार्यक्रम अगाडि बढे विभिन्न बाहाना बनाएर रोकिन्छ। कुनै एक बेक्तिले उत्कृष्ट कार्य गर्यो भने आफू छाँयामा परिन्छ भन्ने सँकुचित मानसिकताले पिरोलेको हुन्छ।कुनै पार्टी वा समुह सरकारको नेतृत्वमा पुगेपछि आफ्ना कार्यकर्ता,दाजुभाइ र नातेदारलाई विभिन्न निकायमा नियुक्ति गर्ने प्रमुख प्राथमिकतामा राखिन्छ।

यस्तो मामिलामा सवल,सक्षम र योग्य वेक्ती किनारा लगाएको प्रस्टै देखिन्छ।यसरी निगाहमा सपथ खाएको बेक्तिले देशको लागि हैन कि अमुख वेक्तीको आग्रहमा काम गरेको हुन्छ।एकैपटक सोर्स र फोर्सका आधारमा पदमा बाहाल वेक्तीले समाज बिकासमा हैन कि आफ्नो परिबार बिकासमा ध्यान केन्द्रित गर्छ।जसको परिणाम भ्रष्टाचारको जालो मडारिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु