Covid-19
City Express

गतहप्ता देखि पोर्चुगलमा हराइ रहेका नेपाली युवा सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिए

पोर्चुगलको राजाधानी लिस्बोनबाट गत जुन १७ तारिख देखि हराइ रहेका सिद्दान्त गुरुङको निधन भएको अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ ।

प्रहरिका अनुसार सोही दिन १७ जून २०२० करिब राति २२:३० बजे ओरियन्तको नदीमा आफ्नो मोबाईल खसेकोले उक्त मोबाईल झिक्न ज्याकेट खोलेर नदीमा हाम्फालेको र प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उद्दार गरेर बाहिर निकाल्दा सम्म सिद्दान्तको प्राण गै सकेको र शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोसेमा राखिएको छ ।

अदालती प्रकृया पुरा गरे पस्चात उनको पार्थिव शरीर लिस्बोनमा नै उनको दाहसंस्कार गरिने एन आर एन ए पोर्चुगलका पुर्व उपाध्यक्ष कमल मान गुरुङले आफ्नो फेसबुक वाल मार्फत जनाएका छन् ।

१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङ ८ दिन पछि मृत अवस्थामा फेला परेका छन् । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए।

नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङका मातापिता २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए ।

गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए।

८ औं दिनपछि पोर्चुगल प्रहरीले गुरुङ मृत अवस्थामा फेला परेको जानकारी दिएको छ।गुरुङको शव पोस्टमार्टमका लागि पोर्चुगलको मार्तिमुनिजमा रहेको साओ जोसे हस्पिटलमा राखिएको छ।लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु स्तब्ध बनेका छन् ।

सन् २०१० देखि हालसम्म ३७ जना नेपालीले पोर्चुगलमा ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु