Covid-19
City Express

गुल्मीका शिक्षकको मृत्यु खबर निराधार:अस्पताल प्रशासन

कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीले जनाएकोहाे  ।

आज मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए ।
‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने ।
अस्पताल संचालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु