Covid-19
City Express

चर्चित पानी अभियानता पार्देले प्रत्येक होटेल रिजर्भेसनको १% कोरोना संक्रमितलाई दिने

लामो समय देखी पोल्यान्डमा बस्दै आइरहेका चर्चित पानी अभियानता मित्रलाल पार्देले आफ्नो ब्यबसाय होटेल रिजर्भेसनबाट कोरोना पिडितलाई रकम छुट्टाउने घोषणा गरेका छन्।

आजै सामाजिक संजालबाट एक बिज्ञप्ति जारी गरी प्रत्येक होटल रिजर्भबाट आउने कुल रकमको १% प्रतिशत कोरोना संक्रमित बिरामी लाई उपलब्ध गराउने बताएका छन्।पार्दे अगाडि यसो लेख्छन् “हामी बिदेशमा भएका नेपालीहरुको लागि म व्यक्तिगत पहलबाट विश्वभर जहाँ सुकै,जुनसुकै होटेल जोसुकै चाहे बिदेशी चाहे नेपालीहरु अरु वेबसाईटबाट खेर गएको मेरो रिजर्भेसन बाटो भएर होटेल रिजर्भेसन भएमा त्यसको १ %

२०२० साल भरिको कोरोना संक्रमित नेपालीहरुकै लागि खर्च गर्ने निर्णय गरियो। मानौ यदि मेरो रिजर्भेसनमार्फत तपाईंले कुनै होटेल १००० मा रिजर्भ गर्नु भएको छ भने १० रुपैया कोरोना बिरुद्द खर्च हुनेछ ।यदि नेपालीहरु १०० ठाउँ १००० मा रिजर्भ गर्नु भएको छ भने कोरोना बिरुद्द लडाईंमा १००० रुपैया जम्मा हुनेछ ।

मेरो रिजर्भेसनलाई तपाईंले एक रुपैया तिर्नु पर्ने छैन। सम्बन्धित वेबसाइटहरुमा जे मुल्य हुन्छ त्यहीँ मुल्य सम्बन्धित होटेलमा तिर्ने हो। सम्बन्धित होटेलको जुन मुल्य हो त्यही नै हुने हो । एक रुपैया पनि मेरो रिजर्भेसनले तपाईंबाट लिने होइन भन्दै प्रष्ट भाषामा आग्रह गरेका छन् “। we win this virus
http://meroreservation.com/

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु