Covid-19
City Express

जनसम्पर्क समिति अलेन्तेजु क्षेत्रका पूर्व महासचिव गणेश बानियाँको असामयिक र शंकास्पद निधन

लिस्बन र अलेन्तेजुबाट,१३ जून । नेपाली जनसम्पर्क समिति अलेन्तेजु क्षेत्रका पूर्व क्षेत्रीय महासचिव ४१ बर्षिय गणेश बानियाँको हिजो बिहान असामयिक र शंकास्पद निधन भएको छ । उनी सो क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका थिए । हिजो बिहान ७ बजे घरबाट दुरुस्त अवस्थामा निस्किएका बानियाँ ९ बजे तिर सानआन्तनियो भन्ने ठाउँको बाटोमा लडेको भेटिएका थिए । उक्त स्थान जंगलको छेउ र एकान्त रहेको बुझिएको छ । उनी लडिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । GNR को टोली आएर उनलाई ओदिमेराको हस्पिटल पुर्याउदा डाक्टरहरुले उनको केही घण्टा पहिल्यै मृत्यु भैसकेको भन्ने घोषणा गरेका थिए ।

म्याग्दी जिल्ला घर भएका बानियाँ केही दिन अघि सोही क्षेत्रमा मृत्यु भएका दीपक बानियाँका १३ दिने दाजुभाइ र नाताले भतिज पर्ने बताइएको छ । दीपक बानियाँको हिजो अन्तिम संस्कार भइरहेका बेला उनको मृत्युुको खबर आएको र आफू हस्पिटल, प्रहरी र उनी बसेको घर सबै ठाउँ पुगेर मृतक र स्थितिको बारेमा जानकारी लिएको एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले बताए ।

उनको मृत्युको जानकारी पाएपछि जसस पोर्तुगलका उपाध्यक्ष वकिल केसी, मोना पोर्तुगलका अध्यक्ष टेक फगामी, मोना अलेन्तेजुका अध्यक्ष मणि पौडेल लगायत पनि हस्पिटल पुगि जानकारी लिएका थिए ।

मृतक बानियाँका श्रीमती र छोरी लिस्बन बस्ने गरेको बुझिएको छ ।

एक पछि अर्को दु:खद घटनाले पोर्तुगलको नेपाली समुदाय स्तब्ध भएको र दु:खको घडीमा सानातिना मतभेद र कुराहरूलाई थाती राखेर सबै एकजुट भइ मानवीय कार्यमा सहभागी हुन एनआरएनए अध्यक्ष तिलक गैरेले आह्वान गरेका छन् ।

यसैबीच पोर्तुगलका विभिन्न नेपाली संघ-संस्था र व्यक्तिहरुले मृतक बानियाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै वक्तव्य जारी गरेका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु