Covid-19
City Express

जब श्रीमतीनै श्रीमानको हत्यामा लागेपछि ….

श्रीमान-श्रीमती एक सिक्काका दुइ पाटा भनौ वा एक रथका दुइ पाङ्ग्रा भनौ।जुन कोणबाट विश्लेषण गरेतापनि सँगै जिउने,जुनि-जुनिसम्म जीवन काट्ने वाचा गर्दै गासेको सम्बन्ध।

आखिर त्यही सम्बन्ध र वाचाबन्धन अभिशाप बन्छ भन्ने कल्पना सायदनै कसले गर्छ होला र!तर बिराटनगरका देवीप्रसाद दुलालको जीवनमा अभिशाप बन्न पुगिन् उनकै श्रीमती मिना श्रेष्ठ ।त्यो पनि आफ्नै श्रीमान हत्या गर्ने जघन्य अपराधमा।

आखिर धन-दौलतको कमि त देवीप्रसादले कतैबाट गरेका थिएनन्।तर पनि मिना श्रेष्ठको नजरमा देवीप्रसाद तारो बनिसकेका थिए।कारण थियो :परपुरुषसँगको सम्बन्ध।मिनालाई देवीप्रसादले सुनको महलनै उपहार दिएपनि खुशी हुने अवस्थामा थिइनन्।

किनकी उनको माया सबै ब्रह्मदेवले तानिसकेका थिए।दुलालकै औषधि डिलरमा ब्राह्मदेवले ४ बर्षदेखि काम गर्दै आइरहेका थिए।बिस्तारै मिनासँग ब्राह्मदेवको हिमचिम बढदै गयो भने उता श्रीमानसँग सम्बन्धमा दरार आउन थाल्यो।श्रीमतीको ब्राह्मदेवसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि देवीप्रसादले ब्राह्मदेवलाई ६ महिनाअघि जागिरबाट निकालेका थिए।

जागिरबाट निकालेपनि उनिहरुबिच निरन्तर फोनमा र सामाजिक संजालमा कुराकानी भैरहयो।दुबैजनाको प्रेम सम्बन्ध यतिसम्म झांगिन गयो कि उनिहरु एक-अर्का बिना बाच्नै नसक्ने भए।बिस्तारै देवीप्रसादलाई पन्छाउने योजना बुन्न थाले।

बीचमा त देवीसँग मिनाले डिभोर्स पनि मागिन् तर देवीले उनलाई सम्झाउने प्रयत्न गरे।८ बर्षिय छोराको भबिस्य हेर्न देवीले श्रीमतिलाई सुझाए।देवीले अथक कोसिस गरेतापनि मिनाको भने ब्रह्मदेवसँग सम्बन्ध थप प्रगाढ हुँदै गयो।दुवैलै देवीलाई सदाकालागि पन्छाउने निधो गरे।

उनिहरुको योजना मुताविक मिना,उनका प्रेमी ब्राह्मदेव र अर्को एक जना मिलेर मंगलबार निर्मतापुर्वक देवीप्रसादको हत्या गरे।देवीको हत्या त गरे तर उनिहरुको चाहना पनि अधुरो रहने भयो। जीवन पनि जेलमै बित्ने निश्चित छ।

प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ भने केही दिनमै हत्या कसुरमा मुद्दा  चलाउने बताएको छ।८ बर्षको छोरा ,माया गर्ने श्रीमान र चलिरहेको घरबार बिगारेर मिनाले आफ्नो सुनौलो जीवन समेत अन्धकारमा धकेल्न पुगेकी छन्।

क्षणिक रोमान्स र जोसले जिन्दगी बिगार्नु भन्दा दीर्घकालीन उद्देश्य राखेर घरवार बनाउनु पर्छ भन्ने पाठ यस घटनाले सिकाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु