Covid-19
City Express

जीवन एक संघर्षको दलिल

पुस । जीवन सन्दर्भमा विश्लेषण वा सम्शलेषण ब्यक्तिको दृस्टिकोण र चिन्तन अनुसाए फरक हुन सक्छ भने कतै भोगाई, अनुभव एवं महसुसको दायरा पनि भिन्न हुन सक्छ। जस्तोसुकै विविधता किन नहोस् तर यात्राको दरम्बामा हुने संघर्ष नै हो। संघर्षका आयाम मानिसको मिसन र भिजन अनुसार तलमाथी हुन सक्लान तर जीवनको उत्कृष्ट लय समाउँदै गर्दा छालको रटनामा मानिसले कठिन बिम्बहरुसङ्ग जुधेकै हुन्छ। एउटा मानव जतिखेर पृथिवीमा प्रदार्पण हुन्छ तब त्यहा जीवनका रङ्ग (बहिरङ्ग अनेकौ तरङ्ग द्रवीभूत गर्दछ। मानिस जवानी हुँदै बुढेसकालसम्म आइपुग्दा तिता(मिठा रङ्गको बिचमा निरित्यङ्गना गर्दै जिबनको अन्तिम सस्करणमा आसिन हुन पुग्छ। धेरै मानिस आफ्नो लक्षयको गोरेटो पछ्याउन अनेकन दुस्ख(कष्ट,पीडा, रोधन, दर्दमा आलिङ्गन हुन पुग्छन्। कुनै बेला पिडाको छालमा मडारिदा आशुका बहाबहरु स्खलित भैइ दिशानै परिबर्तन गर्ने मुडममा पुग्छन भने कोहि संघर्षको लिलामा पौठेजोरी खेल्छन ताकी सफलताको बिन्दु पहिल्याउन तल्लिन हुन्छन।

जीवन संघर्ष ,सफलता एवं असफलताको तरङ्गीत रुप हो भन्दा अतियुक्ती नहोला।सायद गणितिय मापनको जोडघटाउको रेखांकन त गर्न नसकिएला यधपी समयानुसार अनुभका जटिलता एवं सरलता पक्कै पनि प्रक्षेपण हुन्छन।मानिस सफलता प्राप्तिका निम्ति कैयौ जटिलताको चरबाट छालहरु छेडदै रथमा सबार भैरहेको हुन्छ।उसका लागि एकमात्र दिब्यदृस्टी सफलाताको डोरि नै हुन्छ भने घना अबरोधलाई पनि छिचोल्ने शक्तीको सन्चय गर्दछ। अर्कोतर्फ असफलतामा बादल गर्जिदा पनि हजारौं काडाको चौतारी सङ्ग अनुनय(बिनय गरिरहेको अबस्था हुन्छ। आखिरी दुबै बिषयको समिस्रण संघर्षको छिल्का नै हो। जीवनकालखण्डमा मानिस जन्मदेखी मृत्युुवरणको अन्तिम शिलासम्म संघर्षको आयाममा घुलिरहेको छ । परिकल्पनाको शाश्वत सत्य पनि खण्ड(खण्डमा दर्जित जालहरुको झुन्ड हो जिबन। एउटा सामान्य उदारहणमा सामिप्य हौउ। बालक वा बालिका जतिखेर जन्मिएर धर्तिमा पाइला टेक्न सुरु गर्छन तब उसले सुरुवातमा आमाको दूध खानको लागि पहिलो प्रयास गर्दछ जहाँ उसको मेहनतको पैरवी सुरु हुन्छ।बाल्यकालमा बामे सर्ने देखि लिएर जवानी हुँदै गर्दा बोल्न, खान, शैली सिक्ने उसको प्रथम कक्षा सुरु हुन्छ जुन उसका लागि नौलो तर मेहनतको कला सिराङ्गीन पुग्छ। दोस्रो पाटो अध्यनको शिला सुरु हुन्छ।बिधालयको बिधासागरमा पाइला टेक्दै गर्दा क ,ख गर्दै अध्ययनको रङ्गलिला उसको स्मरणमा बेजोडले घिर्ताटन गर्दछ। बिस्तारै कक्षा पार गर्दै उपल्लो तहमा पुगिरहदा पाठ्यपुस्तकको चाप र पढाइको दबाबले उसको मानसपटल रगडिन पुग्छ। उ एकातर्फ तिखारिदै अर्को तर्फ बोझको भारी अगाल्दै बडिरहेको परिपेक्षमा जीवन संघर्षका ध्वनीले खिल्का छोडीरहेको हुन्छ। जब अध्यन पूरा गर्दै आर्थिक आर्जन गर्नको लागि पेशा वा ब्यबसायमा सामिप्य हुन पुग्दछ अनि आर्थिक उराँवले उसको मन(मस्तिष्क बिधुतको करेन्ट जस्तै बेगमा रोमलिन पुगछ। त्यो जीवनको स्वतन्त्र संघर्षबाट अर्को वैवाहिक चरणमा जोडिन पुग्दा उतारचढाव पेचिलो हुँदै जान्छ।केबल आफ्नो मन मात्र अगम्य भएर दिनको रस पुर्ण भएन ताकी मन सङ्गै रहेको श्रीमतिको तनलाइ पनि जोडदा थप दिशा गरुङ्गो हुन्छ।श्रीमती सङ्गै बुवा(आमा,छोराछोरी ,दाजुभाइ ,दिदिबहिनी एवं सम्पुर्ण नातेदारको जालोमा जीवन बेरिदा बोझ (भारी थप कसिलो हुँदै जान्छ।आफ्नो इच्छा एकातिर हुन्छ भने परिबारको चाहना अर्कोतिर।

आखिरी सबै बिषय र बस्तुको तारतम्य मिलाउदा सम्पुर्ण ध्यान,शक्ति खर्चिदा जीवन लोडेड ट्रकको ब्रेकमा जाम भएजस्तो अनुभूति हुन्छ। एउटा मानिसको जीवनमा कार्यशाला गोष्ठीनै श्रीजना भएर आउछ। न त पन्छिएर स्वतन्त्र हुन सक्ने न कार्यले विश्राम लिने। यी जीवनमा खण्डिकृत आरोह(अबरोह एक सङालो दर्पणको चर्चा गरिरहदा मानिसमा पल(पल संघर्षको घण्टी बजिरहेको पुष्टि पक्कै हुन्छ। एउटा परापुर्वकालको उखान सन्दर्भ छ स्सास रहुन्जेल आस गर्नु। यो भन्नुको तात्पर्य – जीवनको अन्तिम घडिसम्म पनि कुनै चिज पाउनका निमित्त संघर्ष जारी राख्ने। जबसम्म इच्छा र चाहनाले मानिसलाइ घचेटिरहन्छ तब सम्म परिणाम प्राप्तिका लागि मानिसले कठिनाइका बारहरुलाइ छिचोल्ने प्रयास जारी राख्दछ।मनमा राग राखेर बर्जित हुनुभन्दा बरु आगोको राप ताप्नु नै बेश भन्ने चिन्तनमा सामिप्य हुने दृणता पैदा भयो भने संघर्षले पक्कै गन्तव्यमा पुर्याउछ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु