Covid-19
City Express

थप १६६ जना मानिसमा कोरोना पोजेटिभ ,संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं, १८ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार नया संक्रमितमा १६२ जना पुरुष ४ जना महिला रहेका छन्।कुल संक्रमितमध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन्।

देवकोटाका अनुसार नेपालमा हालसम्म ६९ हजार ५८२ पिसिआर परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १०९ परीक्षण सकिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु