Covid-19
City Express

नवराज जो तल्लो जात भएकै कारण कुटिकुटि मारिए।समाज किन यति धेरै क्रूर …..

समाजको गलत चिन्तनका कारण नवराजको अकालमा ज्यान गयो

नेपालमा अझै पनि जातीय छुवाछूतको प्रथा मानिसहरूमा गाँजिएको छ भन्ने पछिल्लो उदारहणले प्रस्टै देखाएको छ “रुकुमको सोति गाँउको घटना “।

एक जना युवा जो लामो समयदेखि एक जना युवतिसँग प्रेममा रहेका हुन्छन् भने उनले प्रेमलाई सफल बनाउन सपना बुन्न थाल्छन् । तर विडम्बना उनी प्रेमलाई साकार नबनाउदै तल्लो जातका कारण मारीन पुग्दछन्। फिल्ममा कुनै एक पात्रलाई भिलेनले कुटेर मारिएको दृश्य भन्दा कम छैन उनको” मृत्यु”।

ती युवा हुन् ” रुकुम रानागाँउका नवराज विक”।नवराजले आफ्नी प्रेमिका सुष्मा मल्ललाई जसरीपनि जीवन साथी बनाउने अठोट त लिन्छन् तर उनको सपना प्रेमिकाकै गाउँमा पुगेर अलपत्र पर्दछ।नवराज र सुष्मा यति सम्म माया गर्थे कि उनिहरु एक-अर्का बिना बाच्न नसक्ने अवस्थामा पुगेका थिए।

पहिला पनि उनिहरुले बिहे गर्न नखोजेका भने होइनन् तर समाज र गाउँको अवरोधका कारण उनिहरु सफल भैरहेका थिएनन्। बिबाह रोक्ने दाउमा सुष्माको परिवारले त पहिल्यै स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गरेको थियो।

यद्यपि हरेक अवरोधका बाबजुत उनिहरुको प्रेम झांगिदै गएको थियो।गएको शुक्रवार नवराज र सुष्माबीच लामो कुराकारानी भएको थियो। उक्त दिन उनिहरुले अब भागेरनै बिबाह गर्नुपर्छ भन्ने निधोमा पुगे।दुबैले भागेर बिहे गर्ने निधो गरेपछि शनिबार नवराजले आफ्ना साथिहरु लिएर सुष्माको गाउँ सोतिमा पुगे।

तर सोतिमा पुग्दा नवराजले सोचेको भन्दा माहोल फरक भैसकेको थियो।सुष्मालाई परिवार र गाउँले मिलेर कोठामा थुनेर राखेका थिए भने नवराजलाई धपाउन गाउँलेहरु जम्मा भैसकेका थिए।

शनिबार राती नवराज साथिहरु सहित सुष्माको गाउँमा पुगे तर उनले भनेको ठाउँमा सुष्मा आएर बसेकी थिइनन्।भनिएको ठाउँमा सुष्मा नभएर युवाहरूको समुह हातमा लौरो,खुकुरी र ढुंगा लिएर बसेका थिए।जब नवराज त्यहाँ पुगे तब गाँउलेहरूहरुले एक्कासी आक्रमण शुरु गरे।नवराज भाग्ने कोशिस पनि गरे तर चारैतर्फ घेरेको कारण उनि उम्किन सकेनन् ।अन्ततः उनलाई कुटि-कुटि मारियो।उनका केही साथिहरु अझै पनि बेपत्ता छन् ।

२१ औ शताब्दीमा आइपुग्दा सम्म नेपाली समाज अझै पनि परम्परागत सोचाइ र संकीर्णभावबाट ग्रसित रहेको यो घटनाले पुष्टि गर्दछ।पुरातन सोच र जातीय भेदभावपूर्ण ग्रसित मानसिकतालाई तत्काल चिर्न जरुरी छ।आगामी दिनमा जातीयताका आधारमा अर्को नवराजले ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सम्बन्धित निकाय र सरोकारवाला पक्ष चनाखो हुन नितान्त जरुरी देखिन्छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु