Covid-19
City Express

नेकपाको बेलायत संगठनद्वारा कोरनासंग जुध्न दूतावास मार्फत आह्वान

लिस्बन, पोर्तुगल । प्रवासी नेपाली एकता मंच यूकेले कोरोना भाइरसबाट जोगिन अनुरोध गर्दै बेलायतस्थित नेपाली दुतावास मार्फत नेपाल सरकारलाई सहयोग गर्न आव्हान गरेको छ ।


विश्वभर कोराना भाइरस (कोभिड १९)का कारण मृत्यू हुनेको संख्या करीव १० हजार पुग्न लागि सकेकाले सचेत रहन एकता मंच यूकेले बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको हो । मंचले दुई अघि कोरोना भाइरसका कारण मृत्यू भएका पुर्वगोर्खा सैनिक लिलावहादुर राईको निधनप्रति श्रद्धान्जली व्यक्त समेत गरेको छ ।


प्रवासी नेपाली एकता मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले संयुक्त रुपमा सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा लन्डनस्थित नेपाली दुतावास मार्फत नेपाल सरकारले सकेको सहयोग गर्न समेत गैरआवासी नेपालीलाई अनुरोध गरेका छन ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु