Covid-19
City Express

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार नाघ्यो

नेपालमा शनिबार २ हजार २२५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना संक्रमित निको भएका छन्।

अहिलेसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।थप १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४२ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु