नेपाल अपडेट:थप २ जना कोरोना संक्रमित भएको पुष्टि ,संक्रमित संख्या ५१ पुग्यो

पछिल्लो क्रममा नेपालमा पनि कोरोना संक्रमित संख्या बढेको देखिन्छ।खासगरी छिमेकी मुलुक भारतसँगको सिमा नाकाहरु खुकुलो हुनु र एकै ठाउँमा जमघट हुने प्रवृत्तिले पनि थप संक्रमण वृद्धि हुने अबस्था श्रीजना भएको जानकारहरु बताउँछन्।पछिल्लो तथ्यांक अनुसार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परिक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको पत्रकार सम्मेलन मार्फत मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार थपिएको संख्या सहित संक्रमितको संख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन्। संक्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। ती दुवैजना अहिले आइसोलेसनमा रहेको र स्वास्थ्य अबस्था सामान्य रहेको अधिकारीले बताए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु