पछिल्लो विवरण :पोर्चुगलको अबस्था थप नाजुक,कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि

कतै कोरोना संक्रमण महामारीले छिमेकी देश स्पेन र ईटली जस्तो अबस्थामा पोर्चुगल पुग्ने त होईन्!

यो चिन्ता र चासो यहाँ बस्ने सम्पूर्ण आम मानिसहरूमा देखिन्छ ।संक्रमण दर दिनप्रतिदिन बढीरहदा निको हुने संख्या भने निकै न्यून देखिएको छ।

स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ७९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने थप १९ जनाले ज्यान गुमाएका छन्।

यसरी पछिल्लो तथ्यांक सहित पोर्चुगलमा कोरोना संक्रमितको संख्या ५९६२ पुगेको छ भने मृत्यु हुने संख्या ११९ पुगेको महानिर्देशनालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु