Covid-19
City Express

पत्रकारहरुका लागि श्रव्य दृश्य कार्यक्रम उत्पादन तालिम हुने

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाको आयोजनामा श्रव्य दृश्य कार्यक्रम उत्पादन सम्बन्धि एकदिवसीय तालिम हुने भएको छ।

दर्शकहरुका लागि भिडियो सहितको कार्यक्रम कसरी आकर्षक बनाउने,गुणस्तरको मापन र समयानुकूल प्रविधिको प्रयोग लगायतका सन्दर्भमा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिने शाखाका संयोजक योगेन्द्र मिलन छन्त्यालले जानकारी दिए।

उक्त कार्यक्रममा चर्चित पत्रकार द्वोय राजेन्द्र बानियाँ र प्रमोद न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिने छन् । यसअघि पनि प्रवासमा पत्रकारीता,खोज पत्रकारीता र फिचर लेखन तालिम शाखाकै अगुवाइमा सफलतापूर्वक सम्पन्न भएको थियो।

शाखाका प्रवक्ता पेम्बा गेलु शेर्पाले एक सूचना जारी गर्दै सम्पूर्ण पत्रकारहरूलाई सहभागिताको लागि आग्रह गरेका छन् ।कार्यक्रम मे २१ तारिख बिहीवार युरोपको समयानुसार मध्याह्न १२ बजे देखि सुरु हुने शाखाले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु