पाेर्तुगलमा नेपाली युवाहरुको पहलमा राहत बाडियाे

संसारभरि कोरोना कहर चलिरहदा पाेर्तुगलको लिस्बनमा केही जुझारु युवाहरुको पहलमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाइ सहयोग पुर्याउने हेतुले सहयोग अभियान चलाएका छन् ।समयसमयमा नेपाली डायाेस्परामा समस्या अफ्ट्यारो पर्दा अग्र स्थानमा सहयोग गर्न अग्रसर हुने नेपाली युवाहरुकाे समुहले अत्यन्तै समस्यामा परेका नेपालीहरुलाइ राहत उपलब्ध गराएको छ ।

फेसबुक मार्फत सहयोग अपिल गरेर उठेको रकमबाट पहिलो चरणमा १५ जना नेपालीलाई महिना भरि पुग्ने खाद्यान्न उपलब्ध गराइएको छ । केही युवाहरुकाे सक्रियतामा फेसबुक अभियान चलिरहदा हिमालयन बिर्लियान्ते नामक संस्थाले समेत सहयोग गरेकाे थियाे ।

अहिलेसम्म १८०० युराे भन्दा बढि रकम उठिसकेकाे एक जना अभियन्ताले बताए । अभियानमा साथ दिन लिस्वनका सबै खाले युवाहरूको समूह खटिएको “कोराेना सहयोग समूह” का अभियन्ताले जनाएका छन् । छिट्टै अर्काे चरणको राहत वितरण कार्यक्रम गरिने गरि तयारी भइरहेको जानकारी गराइएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु