Covid-19
City Express

पाेर्तुगलमा नेपाली युवाहरुले ४५ जनालाई राहत बाडे

लिस्बन, पोर्तुगल, ३० अप्रिल । संसारभरि कोरोना कहर चलिरहदा पाेर्तुगलको लिस्बनमा केही जुझारु युवाहरुको पहलमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाइ सहयोग पुर्याउने हेतुले सहयोग अभियान चलाएका छन् ।
समयसमयमा नेपाली डायाेस्परामा समस्या अफ्ट्यारो पर्दा अग्र स्थानमा रहेर सहयोग गर्न सक्रिय हुने नेपाली युवाहरुकाे समुहले अत्यन्तै समस्यामा परेका नेपालीहरुलाइ आज दोश्रो चरणमा ४५ जनालाई राहत उपलब्ध गराएका छन् । यसभन्दा अघि अप्रिल २५ तारिख पहिलो चरणमा उनीहरू १५ जनालाई राहत बाडेका थिए ।

फेसबुक मार्फत सहयोग अपिल गरेर उठेको रकमबाट एजजना बराबर महिना भरि पुग्ने खाद्यान्न उपलब्ध गराइएको छ । केही युवाहरुकाे सक्रियतामा फेसबुक अभियान चलिरहदा हिमालयन बिर्लियान्ते नामक संस्थाले सहयोग गरेकाे थियाे । उक्त संस्था विभिन्न परोपकारी कार्यमा सक्रिय रहदै आएको छ ।

लिस्वन भन्दा बाहिर सान्ताे एन्ताेनिया,अलमादा, भिल्ला मौरा र ताभिरामा सहयोग अपिल गरेका नेपालीलाई सहयोग गरिसकेको जानकारी दिइएको छ ।

अहिलेसम्म २ हजार युरो सहयोग रकम संकलन भइ सकेको यस अभियानमा साथ दिन लिस्वनका सबै खाले युवाहरूको समूह खटिएको “कोराेना सहयोग समूह” का अभियन्ताले जनाएका छन् । छिट्टै तेश्रो चरणको राहत वितरण कार्यक्रम लिस्बन बाहिर गरिने तयारी भइरहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु