Covid-19
City Express

पोर्चुगलमा कोरोना संक्रमित एक बिरामीको निधन,अन्यको उपचार हुदै

कोरोनाबाट संक्रमित बेक्तिको ज्यान गयो

युरोपमा झांगीदै गएको नोबल कोरोना (कोभिड १९) असर पोर्चुगलमा पनि फैलिदै गएको छ।दिन २ दुई गुणा रात चौ गुणाको दरमा भाइरसले आक्रमण गरीरहेको छ। पछिल्लो समय उक्त भाइरसबाट गुज्रिरहेको पोर्चुगलमा पनि आज मात्रै एक जना बेक्तिको ज्यान गएको छ।

मृत्यु हुनेमा ८० बर्षिय वृद्ध रहेको जनाइएको छ।लिस्बनस्थित सान्ता मारिया अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ भने अन्य कोरोना संक्रमित बिरामीको उपचार भैरहेको जानकारीमा आएको छ।उता हिजो मात्रै एक कोरोना संक्रमित नेपाली सहित ७४ जना नेपालीलाई पोर्चुगलको फारोमा क्वारेन्टाइनमा राखीएको छ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३३१ पुगेको छ।अहिले युरोपियन सदस्य रास्ट्रले समयमै विशेष सावधानी नअपनाए भयावह स्थिति श्रीजना हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छ्न्।

युरोपमा सबै भन्दा धेरै प्रभावित इटली हो भने त्यहाँ अन्य युरोपियन देशको तुलनामा ज्यान गुमाउनेको संख्या उच्च छ।त्यहाँ ज्यान गुमाउने संख्या झन्डै १९०० को हाराहारीमा पुगेको छ।अहिले भने रोग निवारण गर्नको निम्ति चीनबाट डाक्टरहरुको विशेषज्ञ टोलि उपकरण सहित त्यहाँ सक्रिय छ।यसरी दिनप्रतिदिन कोरोना संक्रमण वृद्धि भैरहेको सन्दर्भमा ज्यान गुमानेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु