Covid-19
City Express

पोर्चुगलमा कोरोना संक्रमण हुने संख्यामा थप वृद्धि ,तत्काल नियन्त्रण हुने सम्भावना न्यून

विश्वनै कोरोना भाइरस कोविड -१९ बाट आक्रान्त बनेको छ।अथक प्रयासका बाबजुद पनि यो रोग तत्काल नियन्त्रणमा आउने कुनै संकेत देखीएको छैन्।

युरोपियन रास्ट्र पोर्चुगल पनि दिनप्रतिदिन थलिदै गएको देखिन्छ।हिजो दिउँसो १२ बजे देखि आज दिउँसो १२ बजेसम्म मापन गर्दा थप ५४९ जनामा कोरोना संक्रमण देखिएको छ भने थप १७ जनाले ज्यान गुमाएका छन् ।

यसरी पछिल्लो विवरण अनुसार कोरोना संक्रमित संख्या ३५४४ पुगेको छ भने मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ। अब पोर्चुगल सरकारले यहीँ अवस्था रहिरहे कस्तो नीति अपनाउने हो भन्ने सन्दर्भमा केही समय पर्खनै पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु