Covid-19
City Express

पोर्चुगलमा निको हुने संख्यामा उच्च वृद्धि,तुलनात्मक रुपमा मृत्युदर न्यून

केही दिनयता पोर्चुगलमा मृत्युदरभन्दा निको हुने संख्या उच्च वृद्धि भएको छ। स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो तथ्यांकअनुसार एकैदिनमा ८१४ जना निको भएर घर फर्किएका छन्।

अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित बिरामी निको भएको पत्रकार सम्मेलन मार्फत महानिर्देशनालयले बताएको हो। हालसम्म यहाँ २९ हजार ३६ जना संक्रमित भएको पुष्टि भएको छ भने एक हजार २ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।

यहाँको सरकारले संकटकाल अन्त्य गरेतापनि कडाइपुर्वक नियम पालना गराएको देखिन्छ। नियमको उलंघन गर्नेलाई विभिन्न तहको सजाय तथा जरिवाना समेत तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु