Covid-19
City Express

पोर्चुगलमा समुन्द्री छालले बगाउँदा दुई नेपालीको असामयिक निधन

भनिन्छ:दैबले समय पर्खिदैन ,समय टारेर टर्दैन।यतिखेर यस्तै भएको छ तामाङ परिवारको हकमा।पोर्चुगलको कासकाइस स्थित करी हाउस रेस्टुरेन्ट सन्चालन गर्दै आएका दुइ दाजुभाइ माछा मार्ने क्रममा समुन्द्री छालले बगाउदा हिजो आइतबार बेपत्ता भएका थिए।कास्काइसको बोका डो इन्फनो क्षेत्रमा उनिहरु माछा मार्ने सोचकासाथ पुगेको बताईएको छ।यधपी उक्त क्षेत्र अत्यन्त जोखिमयुक्त भएको र समयमै उद्धार गर्न खोज्दा पनि नसकिएको स्थानीय प्रहरीले जानकारी दिएको थियो।मृत्यु हुनेमा बर्ष ४५ का कमल वाइबा र अर्का बर्ष ४० का श्याम वाइबा रहेको बुझिएको छ भने उनिहरुको पुरानो बसाई नेपालको धादिङमा रहेको जानकारीमा आएको छ।यसरी पोर्चुगलमा नेपालीहरुको एक पछि अर्को मृत्यु भएको घटना श्राबजनिक हुदा सम्पुर्ण नेपाली समुदाय चिन्तित भएका छन्।तामाङ समाज पोर्चुगलका उपाध्यक्ष प्रदिपथिङ तामाङले पनि एक बिज्ञप्ति जारी गरेर घटना भएको प्रती दुख बेक्त गरेका छन्।पोर्चुगलका अन्य सामाजिक संंघ-सस्था एवम् अगुवा बेक्तिहरुले पनि सामाजिक संजाल मार्फत दुई दाजु भाइको मृत्युु भएको घटना प्रति शोक बेक्त गर्दै चिन्ता जाहेर गरेका छन् ।आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्न कम्तीमा पनि समुन्द्रमा पौडी खेल्न वा रमाइलो अबलोकन गर्न जानु अगाडि उचित ठाउँको अध्यन गरेर मात्र जानु पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु