Covid-19
City Express

पोर्चुगल तमु ल्होसार सम्पन्न भएको छ ।

जनवरी ६ पोर्चुगल । लिस्बनमा आज साँस्कृतिक कार्यक्रमसहित २६०४ औं (च्यु-ल्हाे) मुसा वर्ग ल्हाेसार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होसारका अवसरमा शुभकामना आदानप्रदान गरे ।

तस्बिर :- मनोज भट्टराई लिस्बन


कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकर हमाल, मानार्थ पर्यटन दुत रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्चुगल तिलक गैरे लगायतले शुभकामना व्यक्त गरेका थिए भने जनजाति महासंघ पोर्चुगल अध्यक्ष हेम बहादुर गुरुङले राज्यकाे विभेदकारी व्यवहारले जनजाति पछि परेकाे बताए ।

पोर्चुगल दिनहुँ नेपालीकाे सङ्ख्या बढि रहदा नेपालीलाई परेका विभित्र समस्या समाधानका लागि अाकस्मिक अक्षयकोष खडा गर्न माग गरे!
साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङ लगायत स्थानिय कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए । तमु भेषभूषा सहित बाक्लो सङ्ख्यामा उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुतिसँगै नाच्दै रमाइलो गरेका थिए ।
कार्यक्रम तमु समाज पोर्तुगलका अध्यक्ष विकास गुरुङको अध्यक्षता, सचिव तारा गुरुङको संचालन र उपाध्यक्ष मिलन तमुको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

साँस्कृतिक कार्यक्रमको सञ्चालन अमर तमुले गरेका थिए । कार्यक्रम लुमियारमा रहेको राधाकृष्ण मन्दिरको सभाकक्षमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु