Covid-19
City Express

पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज डुडा निर्वाचित

एस डि अर्पण (पोल्याण्ड संवाददाता)

१३ जुलाई , वार्सावा । पोल्याण्डको राष्ट्रपतीय निर्वाचनको पूर्ण नतिजा आईसक्दा कन्जर्भेटिभ पदाधिकारी आन्द्रेज डुडाले कुल मतको ५१. ०३ प्रतिशत भोट सहित आफ्नो पाँच वर्षीय दोश्रो राष्ट्रपतीय कार्यकालको लागि निर्वाचित भएका छन्। सबै मतगणनाका सकिँदा डुडाले सम्पूर्ण मतको ५१. ०३ प्रतिशत मत पाए भने विपक्षी प्रतिद्वन्द्वी राफाल ट्रास्कोव्स्कीले ४८. ९७ प्रतिशत मत पाएका हुन् । राष्ट्रिय निर्वाचन आयोगका अनुसार आइतबार भएको दोश्रो चरणको निर्वाचनमा ६८. १८ प्रतिशतले मतदान गरेका थिए । पहिलो चरणको चुनावमा कुनै पनि उम्मद्वारले बहुमत नआए पछि दोश्रो चरणको निर्वाचन गरिएको हो।

पुरानो सोचाई एवं जातीय विभेद धारणा भएका डुडा निर्वाचित नहोस् भन्ने धेरै पोलिश नागरिकको चाहना हुँदा हुँदै दोश्रो चरणको निर्वाचनमा कडा प्रतिस्पर्धा गर्दै निर्वाचित भएका छन्। ४८ वर्षीय डुडा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप निकट मानिन्छन्, कोरोनाभाईरसको लक्डाउनबीच अमेरिका भ्रमण गर्ने डुडा नै पहिलो राष्ट्रपति बने।

आप्रवाशीहरुले धेरै चासोका साथ हेरिएको यसपटक को निर्वाचन, पोल्याण्ड मा लामो समयसम्म कार्ड नतिजा कुर्नु पर्ने कारण डुडाको बिपक्षीले नै जितोस् भन्ने इच्छा गरेका थिए यधपी त्यस्तो भएन। स्वजातिय विवाहको बिरोधी रहेका डुडालाई पोल्याण्ड का युवाहरुले त्यति मन नपराए पनि पुरातन सोचाई भएका अधिकांश जनताको भोट पाएर दोश्रो कार्यकालको पदिय जिम्म्वेवारी पाएका हुन्। कुनै पनि हालतमा गर्भपतन गराउनु नहुने धारणा राख्ने उनी आफ्नो पहिलो कार्यकालमा पोल्याण्ड मा जन्मिएका हरेक बालबालिका हरुलाई १८ वर्षको उमेर सम्म ५०० ज्लोती दिने प्रावधानले लोकप्रिय भएका थिए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु