Covid-19
City Express

पोल्याण्डमा यात्रु बाहक बस दुर्घटना, एकको मृत्यु बीस घाइते

पोल्यान्डको  वार्सवामा विहिबार दिउँसो सार्वजनिक यात्रु वाहक बस स्काई ओभर ब्रिजबाट तल झरेर भएको दुर्घटनामा परी एक जनाको ज्यान जानुको साथै दुई बच्चा सहित बीस जना घाइते हुन पुगेका छन्।

घाइतेहरु तत्काल अस्पताल भर्ना गरिएको छ भने ६ जनाको अवस्था गम्भीर रहेको पोल्याण्डका संचार मध्यमहरुले उल्लेख गरेका छन्।

वार्सवा शहरको उत्तरी भेग तिरको एक पुलमा भएको दुर्घटनाको उद्दारको लागि कैयौं आपतकालीन मेडिकल टोलिको साथै हेलिकप्टरको सहयोगबाट घाइतेहरुको उद्दार गरिएको जनाइएको छ।

प्रत्यक्ष्यदर्शीहरुले दिएको बयान अनुसार सो यात्रुबाहक बसमा चालिस जना यात्रुहरु रहेका थिए। दुईबाटोहरु एकआपसमा छुट्टिने गरि बनाइएको ओभर ब्रिजबाट बस केहि मिटर तल झर्न पुगेको हो।

सो बस दुर्घटनाको प्रारम्भिक अनुसन्धानले चालक अचेत भएर हुन सक्ने अनुमान लागाइएको छ। चालकको मादक पदार्थ सेवन (मापसे) मापन गर्दा उनी रक्सीजन्य पदार्थबाट मुक्त पाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु