Covid-19
City Express

पौडी खेल्ने क्रममा इटालीमा एक नेपालीको ज्यान गयो

इटालीमा एक नेपालीको असामयिक निधन भएको छ।नेपालको सिन्धुपाल्चोक घर भएका २८ बर्षिय किरण खरेलको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो।

इटालीको मिलनमा बस्दै आएका खरेल पाभिया शहरमा रहेको तिसिनो नदिमा साथिहरुसहित पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा अचानक खरेल १ बजे नदिमा डुबेका थिए भने खोजतलासपछि उनको शव हिजो दिउँसो ३ बजे मात्र नदिको किनारमा प्रहरीले फेला पारेको थियो।

अहिले उनको शव त्यहाँको स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र पूर्ण रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जानकारी दिएको छ।

मृतक खरेलको अन्तिम दाहसंस्कार इटालीमानै गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा छ्लफलपछी मात्र टुंगो लाग्ने एनाआरएन इटालीका उपाध्यक्ष छबिलाल कंडेलले जानकारी दिएका छन्।

मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा कार्यरत थिए। कोरोनाले प्रभावले गाजेको इटालीमा नेपाली समुदाय पनि प्रत्यक्ष प्रभावित भएको थियो भने खरेलको यो  पछिल्लो घटनाले त्यहाँका नेपाली समुदायहरु थप चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु