Covid-19
City Express

प्याब्सनद्वारा सुन्दरहरैंचामा राहत समाग्री प्रदान

मणिराम दाहाल , सुन्दरहरैंचा, मोरङ । माेरङकाे सुन्दरहरैंचा स्थित निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नगर कार्य समितिले सुन्दरहरैँचा नगरपालिकाको बिपत ब्यबस्थापन समितिमा राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरणको निर्देशन दिए सँगैं प्याब्सन सुन्दरहरैँचाले नगरपालिकाको कार्यालयमा पुगेर ५ लाख १५ हजार ५ सय ५५ रुपैया बराबरको राहत सामग्री हस्तान्तरण गरेकोे थियाे ।


प्याब्सन सुन्दरहरैँचाले सो रकम बराबरको २५ केजीको दरले ६ सय ३१ बोरा चामल नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल , उपप्रमुख धनमाया तामाङ मार्फत हस्तान्तरण गरेको प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष हरिश्चन्द्र ढकालले बताए । उनले मुलुक लकडाउनमा रहेको र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने अति गरिब मजदूर तथा विपन्न परिवारको घरमा दैनिक रुपमा चाहिने अति अावश्यक सामान सकिंदै गएको हुनाले सहयोग गर्ने साेचले राहत सामग्री प्रदान गरिएको जानकारी दिए ।

प्याब्सन सुन्दरहरैँचाले आफ्ना सदस्य २६ विद्यालयहरु सँग सहयोग रकम संकलन गरी नगरपालिका साथै केन्द्रिय राहत कोषमा समेत सहयोग गरेको सचिव दिपक के.सी ले बताए । त्यसै गरी प्याब्सन सुन्दरहरैँचाले केन्द्रिय राहत कोष प्याब्सनमा जम्मा हुने गरी नगद ४४ हजार ४ सय ४५ समेत केन्द्रिय राहत काेषमा पठाएको प्याब्सनका उपाध्यक्ष दिपेन्द्र राईले जानकारी दिए । राहत हस्तान्तरण कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की , प्रदेशका वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल , जिल्ला अध्यक्ष अर्जुन वस्नेत लगायत प्याब्सन नगर कार्य समितिका पदाधिकारीहरुकाे सहभागिता रहेको थियाे ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु