Covid-19
City Express

प्रवासका एक नेपालीले यसरी गरे MMC को चिरफार

दीपक सापकोटा

स्वदेश तथा बिदेशमा रहनुभयका आदरणीय नेपाल प्रेमी नेपालीहरुमा जय नेपाली जय राष्ट्र !

यो MCC ले केही दिन यता मलाइपनि निकै चिन्तित,खुल्तुली र पिरलो पार्न थाल्यो, किनकि यो एउटा ठुलो सम्झौता रे। तो पनि मन्त्रीपरिसद बाट नभै प्रतिनिधिसभा बाटै राष्ट्रका ठुला सन्धि,निति, नियम र कानुन लाई बउमतले खुशीका साथ पररर ताली पड्काउदै पास गरे जसरी पास गराउनै पर्ने रे।यस्तो सुनेपछि एक नागरिकको हैसियतले आफ्नो देशमा भएका राम्रा या नराम्रा यस्ता या उस्ता यिनी या तिनी सबै खालका राष्ट्रिय विषयमा अध्यन गर्ने र आफुले बुजेका कुरा समाजलाइ बताउने नैतिक कर्तव्य र धर्म सम्झे।

त्यसपछी MCC के हो त? यस्का फाइदा र बेफाइदा के हुन त भनेर अध्यन गर्न लागे। अध्यनको क्रममा विभिन्न नेता, परराष्ट्रबिद, प्रोफेसर, बौद्धिक ब्याक्तीत्वो, सामाजिक अभियान्ता अनि विभिन्न पत्रकारज्युहरुको बहस सुन्ने अनि विभिन्न अन्लाईन ,पत्रपत्रिका तथा सञ्चार माध्यम अनि लेखकहरुको कुराहरु अध्यन गर्नु को साथ साथै MCC सम्झौताको ७७ पेज को बिस्त्रीत अन्लाईन सारम्श अध्यक्ष गरे। यिनै स्रोतको आधारमा रहेर अध्यन गर्द त्यहाँ बाट मैले निम्न कुरा हरु पाय।

१:- MCC भनेको अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफक रणनीति’ (आइपीएस) को हिस्सा भन्ने बुझिन्छ । किनकी MCC भित्र पनि विभिन्न सहायक सम्झौता छन । जुन विद्युत प्रसारण लाइन अनि बाटो को बिस्तृत प्रतिवेदन अहिलेसम्म कोसैलाइ दिएको छैन अनि MCC सगै साझेदारि सम्झौता गरिएको छ। जस्को सैनिक प्रक्रिया छ। त्यसैले यो नेपालको संविधानको धारा ५२ (ङ) अनुसार नेपालको परराष्ट्र नीतिको विरुद्ध हुदाहुदै यो सम्झौता किन र केका लागि ?

२:- MCC सम्झौता नेपालका लागि गराउने अनि कुनै पनि परियोजनामा नेपालले भारतको पूर्वस्वीकृति लिनुपर्ने कुरा प्रष्ट भनिनु साथै परियोजनाका कुनै पनि काम नेपालले गर्दाखेरि MCC सन्तुष्ट हुनुपर्नेगरि गरिनु पर्ने जस्ता बुधाहरुले प्रष्ट स्वार्थ र चाकरी को सम्झौता भन्ने बुझाउद यो किन र केका लागि?

३:- MCC को लेखा परीक्षण अमेरिकाकै संस्थाबाट गराउनुपर्ने जस्ता कुरा आउनु ले MCCको भित्री रहस्य के छ त भन्ने कुरा उठेको छ। यहाँ देश ठुलो कि कुनै देशको
एउटा सानो परियोजना ठुलो भन्ने कुरा उब्जाएको छ। फेरि यो योजना नेपालमा ,नेपालको पनि लगानी हुँदाहुदै यस्तो सम्झौता किन र केका लागि ?

४:- MCC को धारा ३ को दफा ३.२ च मा परियोजनाका क्रममा उत्पन्न हुने बौद्धिक सम्पत्तिमा अमेरिकाको एकाधिकार रहने। अनि परियोजना सुरक्षाको यो या त्यो बहानामा बिदेशि सुरक्षागार्ड भन्दै अमेरिकाले नेपालमै आफ्नो सैन्य क्याम्प खडा गर्ने कुरा MCC सगै गरिएको अर्को साझेदारी सम्झौतामा भएको सैनिक प्रकृति ले बुझाउदा पनि यो किन र केका लागि?

५:- MCC को धारा ७ को दफा ७.१ मा सम्झौता लागू भएपश्चात प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ भन्ने कुरा प्रष्ट हुँदाहुदै नेपालको कानुन लाई नै तल पर्ने गरि एउटा बिदेशी परियोजना किन र केका लागि?

६:- MCC को अनुमतिबिना नेपालले सरकारी निकायलाई संलग्न गराउन नपाउने। MCC नै सर्बेसर्बा हुने सबै कुराको निर्णय MCC ले नै गर्ने। कर्मचारी भर्नाछ्नोट पनि MCC ले गर्ने र त्यहाँ कहाँ का कर्मचारी हुन कुन देशका हुन भनेर पनि नेपाल सरकारले बुझ्न् नपाउने।अनि MCC का प्रतिनिधिलाई नेपालमा जे गरे पनि मुद्दा नलाग्ने कुर प्रष्ट भनिएको छ। के एक बिदेशी कम्पनी लाई नेपालमा जे गरेनी छुट हो?नेपालको कानुन भन्दा माथि किन? भोलि भ्रष्टाचार गर्ला, बलात्कार गर्ला, कालो धन्ना गर्ला या पैसाको भरमा देश लाइनै बिभाजन गर्ने या द्वोन्द्व मच्चाउन प्रेरित गर्ला यस्तो कुरामा नेपालपक्षले सहमति जनाउनु किन र केका लागि?

७:- MCC सम्झौता गर्दा नेपालको तर्फ बाट अर्थमन्त्रीले र अमेरिककोतर्फ बाट एक कर्मचारीले सहि गर्नाले के बुझ्ने। भूगोल सानो हुँदैमा या जनसंख्या थोरै हुदैमा त्यसरी हेप्न पाइन्छ। भनेपछि नेपालका मन्त्री को हैसियत अमेरिकको एक कर्मचारी बराबर हो त? उताका कर्मचारी ले सहि गर्दा नेपालका मन्त्रीले सहि गरि गरि बिश्वलाई हाम्रो हैसियत देखाएको किन र केकालागि?

८:- MCC सम्झौता पाँच बर्षको लागिमात्र हुनेछ यदि आयोजनाहरु निर्माण सुरु भएको पाँच वर्षसम्म काम नसकेर बजेट खर्च गर्न नसके म्याद थप हुँदैन, अनुदान अमेरिका नै फर्किनेछ बनेर प्रष्ट भनिएको छ। अनि फेरि केही प्राबधानहारु यो सम्झौता सकिएपछि पनि निरन्तर लागू हुनेछन भन्नू अनि सम्झौता सकिएपछी पनि जग्गा जमिन MCC कै नाम मा राखिराख्नु बुधा राखिनुले नेपालमा यो या तो वहानामा अमेरिकि सैनिक ल्याउन खोजेको प्रष्ट हुँदा हुदैन पनि यो सम्झौता किन र केका लागि?

९:- MCC लाई प्रतिनिधिसभा बाटै पास गराएर नेपालको कानुन भन्दापनि माथि रहि नेपाल लाई धोस्त पार्ने अमेरिका र भारतको योजना प्रष्ट हुँदा हुदै यो सम्झौता किन र केका लागि?

यस्तो डरलाग्दो कुराहरु बुझे तरपनि यो त अजै कम होरैछ। बास्तबिकता र त्यस भित्रका डरलाग्दा र राष्ट्रघाती सम्झौता हामीले त कुरै छाड्नुहोस राष्ट्रका पूर्वप्रधानमन्त्री र गृहमन्त्री जस्तो पदमा बसेर काम गरि सकेका नेताहरुले माग गर्दा पनि सरकारले नदिनाले मिठो दाल पिउदा मुखमा विजायपछि केही छ भन्ने संखा बनाउनु सामान्य भयो।

राष्ट्रघाति MCC सम्झौता ले त पुर्णरुपमा नेपालको सर्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको बिपरित एक स्वतन्त्र राष्ट्रको परराष्ट्र नीतिलाई जोखिममा पार्दै नेपालको कानुन भन्दानि बिदेशि कम्पनीलाइ ठुलो र शक्तिशाली बनाउदै स्वार्थ र कुर्सीको लोभमा चाकरीको लागि नेपाललाइ फेरि इतिहासमा झै केही नेता र नेतृत्व गर्छु बन्ने गद्द्दाहरुले दल्दलमा फसाउन लागेकै रहेको भन्ने कुरा बुझे।

मैले भनेका सबै कुरा ठिक हुन भन्नलाई म न अदालत हु न त निणायक या छानबिन समितिको सदस्य नै हु। तर यो राष्ट्रको एक नागरिक हु जस्ले आफुले बुझेका कुरा स्वतन्त्र रुपमा राख्न पाउछ। अहिले देश एकातर्फ कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको छ भने अर्को तर्फ छिमेकी राष्ट्रले दिनानू दिन सिमा मिचि बहादुरी देखाइ कुटनैतिक मर्यादा लाई खिल्ली उडाइरहेको अवस्था छ। यस्ता महासंकटका बेलामा, घर ज्वाइँ लाई खानकै पिर भनेजस्तो गरी राष्ट्रिय समस्यालाइ बेवास्ता गर्दै जनतालाई दैनिकी गुजारा चलाउन हम्मे हम्मे भइरहेकै अबस्थाम यो MCC पास नगरे नेपाल मा १० रेक्टरकै भुकम्प आउने जस्तो गरि सरकार र विपक्षदल अनि अरु केही पाटिहरु लागि पर्नाले हामी नेपालीहरुको बिचार र मत माथी घात गरिरहेका छन भन्ने प्रष्ट हुन्छ।

यति कुरा प्रष्ट हुँदा हुदै अजै MCC सगै सति जानै पर्ने किन ? यस्ता एउटा MCC होइने अब नेपालमै १० औ वटा MCC बराबर को रकम निकालौ। त्यसको लागि पैले हजुरहरु इमानदार, नैतिक, अनुसासित अनि एक राष्ट्र भक्ती नेता बन्नुहोस।
त्यसपछि भ्रष्टाचारविरुद्ध को एउटा यस्तो अभियान चलाउ जस्मा तलाइ मात्रै होइन मलाइ पनि, तेरा मान्छे या पाटि लाई होइन मेरा लाई पनि अनि २०४६/४७ को परिवर्तन पछी चप्पल पड्काउदै राजधानी छिरेका नेता, विभिन्न सार्बजनिक माथिल्लो तहका कर्मचारी, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख,कालो ब्यापार गर्ने तथा कर छली गर्ने ठुला ब्यापारि लगायत दुई नम्बरि गर्ने सबै लाई कानुन को दायरामा लिएर छान्बिन गरौ अनि थाहा हुन्छ काठमाडौं मा कसरी बने ति गगनचुम्नि महलहरु ? अनि आउछ त्यहीँ बाट MCC ।

त्यस्तै आहिले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधहरु आईसकेको अवस्थामा अजैपनि संघीय सांसद विकास कोष तथा प्रदेश सभा सदस्य विकास कोषबाट अरबौ रकम चुहावट,अनियमितता,अनि बिकासको नाममा लुट मच्चाउने विषयमा आवाज उठाउनुहोस र तत्काल खारेजी गर्नुहोस अनि भ्रष्टाचारि, दलाली र माफीया लाई कानुनि कार्वाही गर्नुहोस। अनि आउछ त्यहीँ बाट MCC ।

विभिन्न नाममा खोलिएका प्रतिष्ठानहरुमा अधिकांश राजनीतिक दलले आफन्त तथा कार्यकर्ता भर्ना गरी राज्यको कोशबाट अरबौ रकम हिनामिना पारिरहेकोले तुरुन्तै कडा कामकारबाही चलाइ कोश हिनामिना बाट बचाउ अनि आउँछ त्यहि बाट MCC।

यी त केही उदाहरण मात्रै हुन । यस्तै धेरै ठाउँ बाट चुहावट, अनियमित अनि भ्रष्टाचार बाट देशलाइ बचाउ र बनाउ स्थिर शान्ति सुरक्षा अनि बन्छ असल राष्ट्र। जय नेपाल जय राष्ट्र।

                                                                          बागलुङ नगरपालिका ५, मालिका           

                                                   हाल पोर्तुगल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु