Covid-19
City Express

प्रवासी नेपाली एकता मंच पोर्चुगलद्वारा शुभकामना सहित सचेतना अप्नाउन आग्रह

लिस्बन । नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंच पोर्चुगलले दसैं, तिहार, नेपाल सम्वत, छठपर्व लगायत नेपालीहरुका साँस्कृतिक चाडपर्वहरुको शुभकामना दिंदै कोरोना महामारी बाट बच्न
र जोगिन सचेतना अप्नाउन पोर्चुगलको नेपाली समुदायमा विशेष आग्रह गरेको छ ।

लिस्बनमा एक शुभकामना विज्ञप्ति जारी गर्दै मंचले यस्तो आग्रह गरेको हो ।

हेर्नुहोस् मंचको विज्ञप्ति जस्ताको तस्तै:

हार्दिक शुभकामना तथा विशेष आग्रह

नेपालीहरुका महान साँस्कृतिक चाडपर्वहरु दसैं, तिहार, नेपाल सम्वत, छठपर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइहरु र पोर्चुगलबासी समग्र नेपाली समुदायमा सुख, शान्ति, सुस्वास्थ्य,समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

अहिले विश्व नै कोरोना महामरीले आक्रान्त छ । सन् २०२० लाग्दानलाग्दै विश्वव्यापी रूपमा फैलिएको महामारीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु पनि प्रभावित बनेका छन्।

अहिले युरोपमा फेरि कोरोना महामारीको दोश्रो लहर दिनप्रतिदिन बढ्दै गएको छ, पोर्चुगलमा पनि पहिलो भन्दा दोश्रो लहरले धेरै संक्रमित बनाइ रहेको छ र नेपाली समुदायमा पनि केही मात्रामा देखिएको कुरालाई समेत मध्यनजर गर्दै यसपालीको दसैं, तिहार लगायतका चाडपर्वहरुमा कुनै ठूलो जमघट नगरी आ-आफ्नै घर वा स्थानमा बसेर मनाउनु हुन प्रवासी नेपाली एकता मंच पोर्चुगल विशेष आग्रह गर्दछ।

महामारीबाट बच्न र जोगिन पूर्ण रूपमा सचेतता अप्नाउँदै घर बाहिर निस्कदा अनिवार्य रूपमा माक्स लगाऔं, हातहरु साबुनपानीले राम्ररी धोऔं वा सेनिटाइजरले सफा गरौं, सकभर जमघट र भिडभाड नगरौं, नजाऔं, कोरोना महामारीको कुनै लक्षण देखिए नआत्ति र नहडबडाइ पोर्चुगल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार सम्बन्धित निकायमा सम्पर्क राखी उच्च मनोबलका साथ औषधउपचार गराऔं।

अन्त्यमा यहाँहरु सबैमा फेरिपनि हार्दिक शुभकामना !

प्रवासी नेपाली एकता मंच पोर्चुगल।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु