Covid-19
City Express

बिदेशिनु रहर कि बाध्यता!

नेपालिहरु बिदेशमा थोरै खुशी धेरै दुखि

बालकपननै प्रदेशको छाँयामा

प्रदेश एक नेपालीका लागि कति सरल वाक्य बनेको छ।वाक्यमा खुशी भएर प्रस्तुत गर्ने त्यो छन्दले एक पल त आनन्द पनि मिल्दो हो।समाजको रुपरेखा,चिन्तन र मन्थन पनि प्रदेशकै वरिपरी केन्द्रित रहेको देखिन्छ।

एउटा बालक जन्मेपछी हुर्कदै गर्दा उसको दिमाकमा बिदेशको ध्वनि शुरु भैसकेको हुन्छ।बालक आफ्नो आमाको काखमा रुदै गर्दा आमाले सम्झाउन सुरु गर्छिन “मेरो बाबू नरौ है बाबा बिदेशबाट आउँदा तिम्रो लागि गाडी किनेर ल्याउनु हुन्छ, तिम्रो लागि धेरै मिठाई लेर आउनु हुन्छ भनेपछि त्यो बालक फुलिन्छ वा खुशी भएर रुन बन्द गर्छ”।

बालापननै मेरो बाबा बिदेशमा हुनुन्छ र आउँदा मलाई केही न केही कोशेली ल्याइदिन्हुन्छ भन्ने छाप उसको मानसपटलमा प्रवेश गरिसकेको हुन्छ।केटाकेटी रुदा फकाउने वा फुलाउने अस्त्र पनि बिदेशको छाँयाबाट शुरु भएको हुन्छ।

घर,परिवार ,समाज र देशनै प्रदेशको रागबाट यसप्रकारको चिन्तनबाट घोतलिएको छरपस्ट छ।यहाँनीर एउटा जिज्ञासा पक्कै उठछ” एउटा नेपालीले बिदेश जाने सपना रहरमा कोर्दै छ कि विवशतामा !कतिपय रहर र चाहनाले पनि विदेश आउने तरखर गर्छन् भने धेरै नेपालीको बाध्यता छ।

चरम गरिबीको रेखामुनि

अझै पनि धेरै नेपालीहरु गरीबीको रेखामुनि छन्।बिहान एक छाक खाएर बल्लतल्ल पेट भर्यो साझ के खाने भन्ने पीडा नेपाली समाजमा ब्याप्त छ। पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने कहालीलाग्दा घटनाहरु ब्रगेल्ती आइरहेका हुन्छन् ।गर्मीमा अधिक तातोले त जाडोमा न्यानो कपडाको अभावमा ज्यान गुमाउनु पर्ने पीडा नेपालीहरुलेनै भोगेका छन्।

स्वदेशमा रोजगारीको अभाब

जसोतसो गरेर पढ्यो तर जागिर खोजेको बेला भेटिदैन।कतै जागिरको लागि एक पद खाली छ भनेर सूचना आउँदा हजार जना लाइनमा हुन्छन्।जागिर खोज्यो भेटिदैन।काम गर्ने ठाउँ जसोतसो गरेर पाएपनी त्यो तलबले परिवार धानिदैन।सरकारी निकायमा जागिरका लागि प्रतिस्पर्धा गर्न खोज्यो तर क्षमता र दक्षताको मुल्यांकन अत्यन्तै न्यून छ।हरेक ठाउँमा आफ्ना र नातागोतालाई मात्रै भनसुनका आधारमा जागिर दिलाउने प्रचलन छ।

सिरहाका कमलेश कुमारको कारुणिक बैदेशिक यात्रा

सिरहाका कमलेश कुमार भक्कानिदै भन्छन् “हाम्रो परिवार निम्न बर्गिय परिवार हो। हाम्रो परिवारमा दुई दाजु भाइ,एक बहिनी र आमा गरी चार जना छौ।म सानो छदा बुवाको मृत्यु भएको हो।

यसको कारणले गर्दा पनि धेरै दुःख पायौं।हाम्रो आमाले साहुको घरमा भाडा माझेर हामीलाई पाल्नु भयो र जसोतसो गरेर पढाउनु भयो।मैले आइ ए पास गरेपछि बिदेश जाने घरसल्लाह भयो।छिमेकीले पनि बिदेश जाने सल्लाह दिए।गाउँकै एक जना एजेन्टलाई समातेर कतारको लागि भिषा लगायौ।

२ लाख ५० हजार तिरेर कतार आए।भनेको ठाउँमा पनि दलालले काममा लगाइदिएन।भवन,पुल निर्माणको काममा म परे।२० तलाको भवन निर्माण गर्ने काममा कम्पनिले खटाएको थियो।अचानक काम गर्ने क्रममा भवनबाट लडेर मेरो दुई ओटा खुट्टानै भाचियो।

खुट्टाले काम गर्दैन भन्दै हस्पिटलले दुई ओटा खुट्टानै काटेर उपचार गर्यो। ५ महिनाको उपचारपछि बल्लतल्ल नेपाल फर्किए।सपना सबै चकनाचुर भए।न साउको ऋण तिर्न सकिएको छ न काम गर्न सक्ने अवस्थामा छु”कमलेशको घटना सुन्दा अत्यन्तै विरहको छ। उनी त एक प्रतिनिधि पात्र मात्र हुन्। यस्ता थुप्रै घटनाहरु प्रदेशमा नेपालीहरुको घटिरहेका छन्।

अन्तिम विकल्प बिदेश तर पीडा उस्तै

हरेक प्रयन्त र प्रयासले पनि पार नलागेपछि अन्तिम बिकल्पको गन्तव्य प्रदेशनै हो।छोराछोरी, बुवा-आमा,नातागोता र साथिभाई छोडेर बिरानो ठाँउ प्रदेशमा पसिना बगाउन जानु पर्ने बाध्यतामा घचेटिएको हुन्छ” एक नेपाली”।

त्यो बुवाआमाको न्यानो काख,श्रीमती र छोराछोरीको अपार मायालाई मुटुमा गाठो पारेर हिड्ने नेपालीको मन पक्कै खुशी हुँदैन।बिदेश आइसकेपछि बिहानदेखि साझ सम्म घोटिनु पर्ने हुन्छ।दिनरात काम ,पैसा भन्दा भन्दै उसको उमेर उकालो चढिरहेको पत्तो हुँदैन।

पैसा कसैगरी जोड्यो ,अब त रमाउने हो भन्ने बेला रोगले च्यापन थाल्छ।जिन्दगीको स्वादमा रमाउन नपाउदै अन्तिममा जिवनको इहलिलानै समाप्त हुन जान्छ।…………

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु