Covid-19
City Express

भारतीय रअ प्रमुख स्वदेश फिर्ता

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल स्वदेश फर्किएका छन्।बुधबार दिउँसो नेपाल आएका गोयलले केही महत्त्वपूर्ण भेटघाट गरेको भएपनि सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।

भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट बिहान सवा १० बजे स्वदेश फर्किएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ।

सत्तारुढ नेकपाकै नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा रहेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘रअ’ प्रमुखसँग भेट गरेको भन्ने समाचारको खण्डन गरेको छ।

कालापानी सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध चिसिएको बेला भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु