Covid-19
City Express

महोत्तरी जिल्लाको सोनमा गाऊका जमिन्दारद्धारा दलितहरुलाई हिडडुल गर्न रोक लगाईयो

महोत्तरी जिल्लाको सोनमा गाउपालिका वडा न. ८ शिवनगर चमारबस्ति रेडक्रस टोलमा रहेका दलित समुदायहरुलाई सोही ठाउका जमिन्दार कैलास यादव र उनको छोरा विशे यादवले बर्षो देखि प्रयोग गर्दै आईरहेको बाटोमा हिडडुल गर्न प्रतिबन्ध लगाएका छन ।

गाऊको पुर्बपट्टि रहेको बाटो यहाका लगभग २०० भन्दा बढि चमार दलितहरुले प्रयोग गर्दै आईरहेका थिए । यो बाटो बर्षौ पहिला गाउबासीहरुको सहमतिमा बनाईएको र अहिले मालिक कैलास यादवले आफुहरुलाई त्यो बाटो काटरे फालेको स्थानिय सुरेन्द्र कुमार महराले जानकारी दिनु भयो ।

महराका अनुसार केही दिन पहिला वडा कार्यलयलाई आफनो गाउमा आउनका लागि बाटो बनाई दिन आग्रह गरेपछि वडाध्यक्ष राजदेव यादव र जमिन्दार कैलास यादव मिलेर १० बर्ष पहिला रेडक्रस सोसाईटिले बनाई दिएको घर भत्काए मात्रै बाटो बनाउने बताए पछि आफु दुखि भएको बताए ।

गाउमा आफुहरु सबै भन्दा गरिब भुमिहिन रहेको र आफुहरुको पकड सरकारसगं नभएकोले मालिक कैलास यादव अहिले आएर आफनो जग्गामा परेको बाटोमा कुनै चमारहरुलाई हिडडुल गर्न नदिने स्थानिय सेवल चमारले बताएका छन ।

बाटो निमार्णका लागि सबै यादवहरु मिलेर आफुहरुको बाटो बन्द गरेको र सडक निमार्णका नाममा आफनो घर पनि भत्काउन लागेको स्थानिय सेवल चमारले बताए । गाउमा करिब २०० भन्दा बढि दलित समुदायहरुको बसोबास रहेको उक्त गाउमा यादवहरुले जहिले पनि समय समयमा निहु खोजेर विभेद गर्ने गरेको चमारको भनाई छ ।

सेवल चमारका अनुसार वडा अध्यक्ष राजदेव प्रसाद यादव र जमिन्दार कैलास यादव आफनै नातेदार भएकोले आफुहरुको बाटो विचमै काटेको र घर भत्काउन लागेको बताए ।

उता वडा अध्यक्ष राजदेव प्रसाद यादवले दलितहरुको घर बाटोमा परेकोले घर भत्काएमा मात्रै उनिहरुलाई सडक प्रयोग गर्न नदिने बताए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु