Covid-19
City Express

मेरो आमालाई चिट्ठी

प्रबिधीले भरिएको संसारमा चिट्ठी भन्ने कुरा लोप हुँदै गएपनी यसको महत्व छुट्टै हुन्छ । फोनमा भनेका कुरा त एकछिनमा सकिन्छ तर चिट्ठीमा लेखेका कुरा पटक- पटक पढ्न पाईन्छ।त्यसको अर्कै किसिमको प्रभाव पर्छ ।

आमा, ममी, मा, मदर , माइ ,सायद संसारभर प्रिय शब्द हुन सबैका लागि। प्राकृतिक रुपमा हरेक प्राणीका आमा हुन्छन् । माता, पिता, छोरा र छोरी मिलेर परिवार हुने हो।आफ्नो आमा- बाबाको माया र आफ्नो छोरा- छोरी को माया सबैलाई लाग्छ । फरक यत्ती हो कि कुन अबस्थामा माता -पिता लाई साथ दिने भन्ने सन्दर्भ।

हरेक छोरा र छोरीले दुई वटा कुरा बुझ्न अति जरुरी देख्छु म । सधैं माता र पिताको साथमा रहने सबै भाग्यमानी त हुँदैनन्। समय छदा र स्वस्थ हुँदा सम्म नजिक रहेर आफ्ना आमा बाबा लाई साथ दिन नसके पनि उनीहरुको बृद्धअबस्थामा सेवा गर्न हरेक सन्तानले सक्नु पर्छ। कहिलेकाहीँ अनेक घटनाहरु देखिन्छ र सुनिन्छ पनि बुढा भएका आमा- बाबालाई धेरै दु:ख दिएको ।

एउटा धुर्बसत्य कुरा के हो भने कुनै पनि आमा- बाबाले आफ्नो सन्तानलाई सकेसम्म दु:ख दिन चाहदैनन्। मलाई याद आउछ कि हजुरबुवाहरुले मुदुसभित्र टालोमा पोको पारेर राखेको नासोहरु। हेर्दा सामान्य अनि थोरै देखिएला त्यो तर त्यसमा कति भावनात्मक माया लुकेको छ! त्यो बुझ्न त्यती सजिलो छैन है।

हरेक छोरा र छोरी भएका ब्यक्तीले आफ्नो छोरा- छोरीको जति माया लाग्छ, त्यती माया हामीलाई पनि हाम्रा आमा- बाबाले माया गरिरहेका हुन्छन् ।त्यो सोच्ने हो भने धेरै माता पिताले बुढेसकालमा दु:ख पाउने थिएनन्। उनीहरुलाई साहरा चहिनेनै जब उनीहरु काम गर्न नसक्ने हुन्छन् त्यो बेला हो। मलाई यो लेख्दै गर्दा आदरणीय साथी नवराज पराजुली को ह्याप्पी बर्थडे मेरो छोरा भन्ने कबिता को याद आएको छ।यथार्थपरक कबिता प्रस्तुत गर्नु भएको छ उहाँले ।

आमा- बाबाको लागि बिशेष दिननै हुनु पर्छ भन्ने त हैन तर यो राम्रो पनि हो। कमसेकम उहाँहरुको सम्मानको लागि यो एक दिनले समाज भर सकरात्मक सन्देश दिन्छ।अति ब्यस्त हुँदै गएको आजको लाइफ स्टाइलमा यो एक दिनले धेरै कुराहरु सिकाउछ भन्ने मलाई लाग्छ।

मेरो आमालाई मेरो चिठी
आमा म तपाईंसँग बस्न नपाएको थुप्रै भएको छ।तपाईंलाई आजसम्म मैले केही सहयोग गर्न पाएको पनि छैन । उल्टै तपाईंले अझै पनि मेरो लागिनै दु:ख गर्दै हुनुहुन्छ तर सधैं यस्तो हुने छैन आमा। समयनै प्रतिकुल भए फरक कुरा नत्र हजुरको साहरा बनेर हजुरको बृद्ध अवस्थामा म सधै हजुरको साथमा रहनेछु।

हजुरलाई आफ्नै हातले खाना पकाएर खुवाउने छु, आफ्नै हातले हजुरका कपडा धुने छु।मेरो जीवनको उद्देश्य हजुरहरुबाट कहिल्यै टाढा बस्ने छैन , २४ घण्टानै हजुरसँग हुन नसकेपनी अधिकतम समय हजुरहरुसँग बिताउने छु। दिनमा एक छाक खाना सकेसम्म सँगै बसेर खाने कोशिस गर्ने छु ।

मलाई अनावश्यक चोक -चोकमा बसेर समय बिताउन भन्दा हजुरहरुको नजिक बसेरनै रमाउने छु आमा । तपाईं र म बिचको सम्बन्धमा कोही पनि आउन दिने छैन र मेरो लागि यो संसारको सबै भन्दा ठुलो तपाईं नै हुनुहुन्थो , हुनुहुन्छ र हुनुहुनेछ। आमा दिवसको तद-तद शुभकामना ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु