Covid-19
City Express

युएईमा कोरोना (अपडेट)

बुधवार २० मे देखि लागु हुनेगरी युएईमा बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवात जावतमा कडाई गर्नेगरी समयमा हेरफेर गरिएको छ । यस अघि बेलुकी १० बजे बिहान ६ बजेसम्म गरिएको थियो ।

रामादान शुरु भएसँगै सपिंग सेन्टरहरु बिहान ९ बजे बाट बेलुकी ७ बजेसम्म खुल्नेछ । तर ६० बर्ष माथिका बृद्द, गर्भवती र १२ बर्ष मुनीका बच्चाहरुलाई भने मलमा जान अनुमति छैन ।

—————————-

नियम उल्लंघन गरेमा जरिवाना सम्बन्धी नयाँ क़ानून आएको छ ।

  • भेला गरेर पार्टी आयोजना गरेमा १० हज़ार दिराम जरिवाना
  • पाहुना भएर पार्टी खान गएमा ५ हज़ार दिराम जरिवाना
  • कारमा ३ जना भन्दा बढी चढाएमा ३ हज़ार दिराम जरिवाना
  • प्रतिबन्धित समयको उल्लंघन गरेर हिँडडुल गरेमा ३ हज़ार दिराम जरिवाना
  • रेस्टोरेन्ट, मलहरुमा २ मीटर दुरी कायम नगरेमा ३ हजार दिराम जरिवाना
  • अफिसमा मास्क नलगाएमा कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दिराम जरिवाना
    ———————————-

तपाईंलाई पोजिटिभ छ र यी नियमहरु उल्लंघन गर्नुभयो भने के हुन्छ ?

  • होम क्वारेन्टाईनमा बसेको बखतका नियम उल्लंघन गरे ५० हज़ार दिराम जरिवाना
  • तपाईंलाई पोजिटिभ आएको छ र स्मार्ट फोनमा एप्स डाउनलोड नगरी ट्र्याकिंग सिस्टममा बस्नु भएन वा मोबाईल बोक्न भुल्नु भो भने १० हज़ार दिराम जरिवाना
  • निकायले दिएको डिभाईस वा एप्स टेम्परिंग गर्नुभो भने २० हज़ार दिराम जरिवाना
  • कोरोना चेक गर्न मान्नु भएन भने ५ हज़ार जरिवाना
  • २ हप्ता पछि पुनः चेक गर्नु भएन भने १ हज़ार जरिवाना

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु