२०७७ पुस २९ गते बुधवार | January 13, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ युरोपका नेपाली पत्रकारहरुलाई एकदिने ‘फिचर लेखन तालिम’ सम्पन्न

युरोपका नेपाली पत्रकारहरुलाई एकदिने ‘फिचर लेखन तालिम’ सम्पन्न

युरोपका पत्रकारहरुले पाए क्षमता अभिवृद्धि गर्ने अवसर

युरोपमा कृयाशिल पत्रकारहरुको सहभागीतामा फिचर लेखन तालिम सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा र बेल्जियम शाखाले संयुक्तरुपमा सो तालिमको आयोजना गरेका थिए।तालिममा फिचर लेखनमा अपनाउनु पर्ने विधि,भाषागत शुद्धता,प्रस्तुतिको बनावट र लिड रोलमा चयन गर्नुपर्ने शब्द लगायतका बिषयमा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो।

उक्त तालिममा युरोपका ८ देशबाट २४ जना पत्रकारहरुको सहभागिता रहेको थियो।अग्रज पत्रकार एवम् थाहा खबर डट कमका प्रधान सम्पादक तिर्थ कोइराला र घटना र बिचार अनलाइन खबरकी सम्पादक बबिता बस्नेतले सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा पोर्चुगल शाखाका संयोजक योगेन्द्रमिलन छन्त्याल र केन्द्रका उपाध्यक्ष दिलिप थापाले शुभकामना दिएका थिए। शुभकामना मन्तव्यकै क्रममा संयोजक छन्त्यालले यस्ता खालका तालिमले सहभागी पत्रकारहरुको सिप तथा दक्षता अभिवृद्धि गर्न टेवा पुग्ने बताएका थिए।

उक्त अवसरमा पत्रकार र प्रशिक्षणकर्ताहरुबिच निकै रोचक ढंगबाट प्रश्न-उत्तर पनि चलेको थियो।सहभागी पत्रकारहरुले उत्साहपूर्वक आफ्ना जिज्ञासाहरु मेटाउने अवसर प्राप्त गरेका थिए।कार्यक्रमको संचालन बेल्जियम शाखाका संयोजक ओम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु