Covid-19
City Express

रंगभेद र भैसि जुलुस विचको अन्तरबिरोध

        मधेशी रंगभेदको शिकार हुँदैआइरहेका छन् । कोभिड–१९ महामारिले जन्माएको लकडाउनमा पहाडी समुदायवाट रंगभेदी गाली र घृणाको घटनाहरु (अ)सामाजिक संजालमा देख्न सकिन्छ ।
     हिजो मात्रैको घटनामा कान्तिपुर टेलिभिजन प्रस्तोता संदिप क्षेत्रीले मधेशी महिलालाई होच्याएको तथा भेसभुसा र लवजको अपमान गरेको रंगभेदका पछिल्लोे उदाहरण हुन् । रंगभेदका यस्ता घटनाहरुमा मधेशी युवा, अधिकारकर्मी, राजनीतिक दल प्रतिक्रिया स्वरुप आन्दोलन गर्दैआई रहेका छन् ।
    यस्तो किसिमको रंगभेदी ब्यवहार बिरुद्ध बिरोध तथा प्रतिरोध हुनु आवश्यक छ ।
तर जब–जब मधेश आन्दोलित हुन्छन् तब आन्दोलनको बिभिन्न प्रकार मध्ये भैँसि जुलुस पनि हुँदै आएको छ ।
    मधेश जनआन्दोलन देखि लिएर पछिल्लो समय जनमत पार्टीको नागरिकता विधेक बिरुद्धको आन्दोलनमा पनि भैसि जुलुस भएको छ । आखिर भैँसि जुलुस पछाडीको संदेश के हो? जुलुसले के प्रमाणित गर्छ भने मधेशीलाई आफ्नो संस्कृति र सभ्यताको बारेमा कम जानकारी छ ।
मधेशमा भैँसी सुन्दरता (Black beauty )को प्रतिक हो ।
   आर्थिक रुपमा भैँसीको योगदान अरु जनावर भन्दा बढी छ । मधेशमा भैसीले ८० प्रतिशत भन्दा बढि दुध, दहि, घीऊ, मखन, बटर उत्पादन गर्छन् । भैँसीले औषतमा २ देखि ३ जनासम्मलाई रोजगार दिन्छ । मधेशी बहुजनले भैँसीलाई अति नै मया गर्छन् ।
     नियमित नुहाउने । सिँहमा तेल लगाउने । बाँध्ने पगहा (डोरी) समय–समयमा फेर्ने । अनहेरवाटको पुजा गर्ने । जनार पार्ने । भैँसी मधेशी बहुजनको जीवनको सहारा हुन् । पोषणको आधार हुन् । सुन्दरताको प्रतिक हुन् ।
जब आर्य आक्रमणकारी भारत उपमहादिपमा आए तब उनीहरु यूद्धको लागि घोडा र खानको लागि गाई लिएर आए । भैँसि र गाई दुबै दुधालु जनावर हुन् । दुबै घास खान्छ । दुबैको दुध सेतो नै हुन्छ । भैँसिको दुध ब्राद्मणवादी अध्यात्मको हिस्सा हुन तर उसको दृष्टिकोणमा जनावरको रुपमा भैँसी गाईको तुलनामा मुर्ख हुन् । बुद्धु हुन् ।
       भैँसीको दुध सेतो भएको कारण अध्यात्मिक हिस्सा बनाउने तर भैँसिको शरीर कालो भएको कारण गाईको तुलनामा समान संरक्षण नपाउनु सवर्ण अध्यात्मिक फासिवादी विचारधाराको प्रमाण हो ।
      गाई मान्छे भन्दा बढि मौलिक अधिकारवाट संरक्षित छ । मौलिक अधिकार प्राप्त जनावर हुन् ।
जुन देशमा सबभन्दा बढि योगदान भैसिको छ त्यो देशमा सबभन्दा बढि अपमान भैँसिलाई किन भयो ? जसले cow nationalism अबधारणाको विकास गरे उसैले भैँसिलाई अध्यात्मिक हिस्साको रुपमा स्वीकार गरेन ।
     मधेश ऐतिहासिक कालदेखि buffalo nationalism भएको भूमि हो । तर, सवर्ण आर्य ब्राद्मणवादको विचारधारवाट प्रशिक्षित मधेशी बहुजन नेतृत्व आज पनि भैँसि जुलुसको कार्यक्रम आयोजना गर्छन् ।
     जब सम्म मधेशमा भैँसि जुलुस, कालो दिबस, कालो सुचि आदि दिवस वा संकेत मनाई रहन्छ तबसम्म रंगभेद बिरुद्धको आन्दोलनले सफलता पाउदैन् । हाम्रो सोँचमा ब्राद्मणवादी रंगभेदी प्रभाव रगरगमा बसेको छ । आन्तरिक रंगभेदको विचारलाई पहिचान गर्न जरुरी छ अनि मात्रै बाहिरी रंगभेदको बिरुद्ध लड्न सक्छौँ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु