Covid-19
City Express

राहतले मानिसको सामाजिक अपमान हुनु हुँदैन : विष्लेषक राजेन्द्र थापा

युरोप । कोरोना भाइरसको विश्वव्यापी प्रकोपले मानिसलाई नाफा कमाउने चरम उपभोक्तावादी चिन्तनबाट मानव कल्याण र मानवीय मूल्यहरुतिर सोच्न बाध्य बनाएको विश्लेषक राजेन्द्र थापाले बताएका छन् । सुनखरी रेडियोमा वीरबहादुर लिम्बूसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

समाजशास्त्रीय र राजनैतिक विष्लेषणमा खरो मानिएका पिएचडीका विद्यार्थी थापाले नेपालमा अहिले नै राहत बाढी हाल्नु पर्ने अवस्था आइनसकेको र राहतलाई प्रचारमुखी बनाउने र बाढ्ने नाममा मानिसलाई सामाजिकरूपमा अपमानित हुने गरी कार्य गर्न नहुने तर्क गरेका छन् । बरु नेपालमा यसबेला कोरना विरुद्ध व्यापकरूपमा सचेतनता फैलाउने र स्थानीय तहसम्मै महामारीसंग जुध्न योजनावद्द पूर्व तयारी गर्नुपर्ने उनको भनाइ छ ।

हेर्नूहोस् थापासंगको विचारोत्तेजक र खरो कुराकानी:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु